सिलाईकटाई तालिम

– राजेन्द्र न्यौपाने

गोरखा २७ बैशाख । घरेलु तथा साना उद्योग विकास समिति र अरुणिमा आमा समूहको संयुक्त आयोजनाममा गाईखुरमा ४५ दिने सिलाई कटाई रिप्रुेसर तालिम सम्पन्न भएको छ ।

सो रिप्रेुसर तालिमका सहभागीलाई घरेलु तथा साना उद्योग विसास समितिका वरिष्ट उद्योग अधिकृत गोकर्णराज जोशीले एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

 सो समापन कार्यक्रममा वोल्दै अधिकृत जोशीले ग्रामीण भेगमा यस्ता तालिमहरुले ु्सीप अभिवृद्धि भएकाले ग्राहकका मन छुने खालको उत्पादन गुणस्तर वनाउन सुझाव दिनुभयो ।

 
च्याङली र गाईखुर गाविसका ११ जना महिलाको सहमागीता रहेको सो तालिमको समापन संस्थाका कोषाध्यक्ष श्री   शान्ता त्रिपाठी भगवती भट्ट लगायतको मन्तव्य राख्नुभएको थियो ।

समापन कार्यक्रमलाई स्थानीय रजगरे प्रस्तावित माविका प्रअ गोविन्द मल्ल स्थानिय समाजसेवी भगवान मल्ल प्रशिक्षक कृण्ण मायाँ घिमिरे प्रशिक्षार्थी     राधा त्रिपाठी लगायतले सिलाई तालिम र यसको प्रभावको वारेमा आफ्नो अनुभूति राख्नुभएको थियो ।

अन्य समाचारहरु