– राजेन्द्र न्यौपाने
गोरखा २७ बैशाख । मुस्ताङको लेते गाविसको कालापानीमा रहेको मुस्ताङ जिल्लाकै एकमात्र थकाली सङ्ग्रहालय यतीबेला पर्यटकको पर्खाइमा रहेको छ ।
२०६० सालमा स्थापना गरिएको यो संग्रालयमा मुस्ताङका रैथाने थकालीहरुको भेषभुषा रहनसहन रितिरिवाज भाँडाकुँडा लगायतका सामाग्रीहरु राखिएकॊ छ ।
जिविसअन्नपुर्ण संरक्षण क्षेत्र जिल्ला खानेपानी कार्यालय सिडनेपाल र जनजागरण महिला शमुहको श्रमदानमा संग्रालयको भवन निर्माण गरिएको हो ।
महिला शमुहले निकै समय र पैसा खर्चेर संग्रालय निर्माण गरिसकेपछि वार्षिक हजारौं पर्यटक भित्रँयाउने लक्ष राखेकामा यातायातका साधन र मुलुकको राजनीतिक अस्थीरताका कारण संग्रालय समेत ओझेलमा परेकामा चिन्ता लागेको भन्दै शमुहकी अध्यक्ष शान्ती क्तलाचन भननुहुन्छ …
पछिल्लो समय आफ्नो पुख्र्यौली रहनसहन रितीरिवाज भेषभुषा लगायत लोप हुनथालेको भन्दै सङ्ग्रहालयमा सङ्ग्रह गरेर राखिएका वस्तुहरु समेत ओझेलमा पर्नथालेकामा मुस्ताङका थकाली समुदायहरु निकै चिन्तीत बनेका छन् ।
यो सङ्ग्रहालयको प्रचारप्रसार गरि आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्रुउन सकेमा मुलुकभारीका थकालीहरुको वास्तविक जिवनचक्रका बारेमा देशविदेशसम्म चर्चा पाउने आषा यहाँका थकालीहरुले लिएका छन् । रासस



