– कृष्ण खनाल
बुटवल ३० वैशाख । उच्च माध्यमिक शिक्षा परिसद् अन्र्तगत बैसाख १९ गते बाट संाचालल भएको कक्षा १२ को परिक्षा को अन्तीम बिषय दिनको लागी विद्यार्थिहरुले घन्टौ पैदल हिडेर परिक्षा दिएका छन । नेपाल आदिवासी जनजाती महासंघले आयोजना गरेको नेपाल बन्दको कारण कुनै पनी सार्वजानीक सवारी साधनहरु नचल्दा विद्यार्थिहरुले लामो समय पैदल हिडेर परिक्षा केन्द्रमा गएर परिक्षा दिएका छन ।
विद्यायका गाडीहरुलाई बन्द कर्ताले छुट दिएका भए पनी विद्यालयको गाडी नभएका क्याम्सका विद्यार्थिहरु पैदल हिड्नुपर्दा आफुहरु लाई बन्दले असर पारेको बताए । गुल्मी स्थायी घर भई बुटवलको गोलपार्कमा कोठा भाडामा बस्दै गरेका उमेश नगरकोटीले सधै जसो माईक्रोमा विद्यालय जाने र बन्द नभएको बेला माईक्रो चेढेर परिक्षा दिन जाने गरेकोमा तिन दिन करिव एक घण्टा हिडेर परिक्षा केन्द्र मा गएर परिक्षा दिएको बताए । उनले बुटवल १३ देविनगरमा रहेको लुम्बिनी वाणिज्य क्याम्स परिक्षा केन्द्रबाट परिक्षा दिएका हुन । माईक्रो चलेको छैन रिक्साले धेरै भाडा लिन्छ आफु संग त्यतीका पैसा छैन त्यै भएर पैदल हिडेर परिक्षा दिन आएको उनले बताए ।
आफु परिक्षा दिनको लागी करिव एक घण्टा अगाडी नै कोठाबाट हिड्ने गरेको उनको भनाई थियो । उनीमात्र होईन्न बन्दको कारण टाढा घर भएका विद्यार्थिहरु परिक्षा दिनको लागी लामो समय सम्म पैदल यात्रा गर्न बाध्य भएका थिए । सवारी साधनको व्यवस्था भएका क्याम्पस का विद्यार्थिहरुलाई क्याम्सको गाडीले परिक्षा केन्द्रमा ल्याउने तथा लैजाने गरेको भए पनी गाडी नहुने क्याम्पसका विद्यार्थिहरु बन्दको चरम मारमा परेका थिए ।