अमेरिकी सरकारले कम्प्युटर प्रोग्रामिङमा समस्या आएको भन्दै यसैमहिना सार्वजनिक डिभी चिट्ठाको सबै नतिजा रद्द

काठमाडौ – अमेरिकी सरकारले कम्प्युटर प्रोग्रामिङमा समस्या आएको भन्दै यसैमहिना सार्वजनिक डिभी चिट्ठा (डाइभर्सिटी भिसा)को सबै नतिजा रद्द गरेको छ ।

कम्प्युटर प्रोग्रामिङमा आएको खराबीका कारण आवेदकहरुको छनौट निष्पक्ष हुन नसकेकाले सबै नतिजा रद्द गरिएको अमेरिकी सरकारका कन्सुलर मामिला सम्बन्धि वेभसाइटमा उल्लेख गरिएको छ । अमेरिकी विदेश उपराज्य मन्त्री डेभिड टिटोहोनाले नतिजा रद्द भएको घोषणा गर्दै कसैलाई परेको भए पनि सो मान्य नहुने बताएको छ ।

अमेरिकाले यही आवेदनबाट पुन: जुलाई १५ मा अर्को नतिजा सार्वजनिक गर्ने बताएको छ । डिभी भर्दा प्राप्त कन्फरमेसन भने मान्य हुने र सोही नम्बरका आधारमा सो नतिजा हेर्न सकिने वेभसाइटमा उल्लेख छ ।

गतवर्ष अक्टोबर ५ देखि नोभेम्बर ३ सम्म भएका आवेदनबाट अमेरिकराले डिभी चिट्ठाको नतिजा प्रकाशित गरेको थियो ।