रौतहट – रौतहटको रङ्गपुर गाविसमा कुकुरले बाख्रा मार्न थालेपछि गाउँले त्रसित बनेका छन्। बाख्रा खान आउँदा कुकुरले मान्छेलाई समेत आक्रमण गर्ने गरेको छ। सो गाविस वडा नम्बर-३ स्थित मैरा गाउँमा एक साताअघिदेखि ३० वटा बाख्रा कुकुरले मारिसकेको स्थानीय बासु चौलागाईंले बताए।
गाउँ नजिकैको जङ्गलमा कुकर बस्ने र बाख्रा मार्ने गरेको स्थानीय मातृका पौडेलले जानकारी दिए। पौडेलको शनिबार दिउसोमात्रै दुई वटा बाख्रा मारिएका छन्। स्थानीयबासीले कुकुर नियन्त्रण गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्। – रासस