रक्तिम सांस्कृतिक अभियान दोहा कतारको भेला सम्पन्न

दोहा – दोहा कतार नेपाली एकता समाजको सांस्कृतिक बिभाग रक्तिम सांस्कृतिक अभियान दोहा कतार को भेला हालै दोहामा सम्पन्न भएको छ । ुपस्चिमेली छाडा संस्कृति बिरुद्ध रक्तिम अभियानू। भन्ने मूल नारा सहित अगाडि बढेको कार्यक्रमको सभापतित्व केन्द्रिय महासचिव भिमकान्त पन्थीले गर्नुभएको थियो।  

 
१मिनेट शहिदहरुप्रति मौन धारण पश्चात अगाडि बढेको कार्यक्रम अशोक नेपालीले संाचालन गर्नुभएको थियो भने स्वागत भाषण केन्द्रि्र्रय कोषाध्य्र्र्रक्ष सविन श्रीसले गर्नुभएको थियो । कार्यक्रमका सभापति भिमकान्त पन्थीले पुनर्गठन गरी १ रिक्त १४ पूर्ण र ४ सल्लाहकार गरी १९ सदस्यिय रक्तिम सांस्कृतिक अभियान दोहा कतार को नया कार्यसमिती प्यानल प्रस्तुत गर्नुभएको थियो जसलाई भेलाले एकमतले पारित गरेको थियो । चयन हुनुभएका पदाधिकारीहरुको नाम निम्नानुसार रहेको छ ।

 

अध्यक्ष ः पूर्ण भुजेल बाग्लुङउपाध्यक्ष ः दिलीप पुन गुल्मीसचिव ः प्रेम बिक बाग्लुङसह सचिव ः सोनु गुरुङ पाल्पा र कोषाध्यक्ष ः अशोक नेपाली दाङ हुनुहुन्छ। यसैगरी सदस्यहरुमा क्रमशः कोपिलामणी शर्मा प्रेम नेपाली कमल नेपाली गोबिन्द बि। क। कर्ण नेपाली लिला चन्द बिष्णु जि.एम पदम के.सी। सन्तोष सुनार हुनुहुन्छ। यसैगरी सल्लाहकारमा चन्द बहादुर नेपाली उद्धव मगर बिष्णु थापा र धन कुमार ठडराइ रहनुभएको छ।

 

कार्यक्रम को अन्त्यमा केन्द्रि्र्रय सचिव टुकनाथ शर्माले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रमका सभापति भिमकान्त पन्थीले नया कार्यसमितीलाई नया जोश र जागरका साथ अगाडि बढ्न तथा निरन्तर प्रगतिको कामना गर्दै रक्तिम सांस्कृतिक अभियान दोहा कतारलाई एकता समाज केन्द्रिय समितीको सदैव साथ तथा सहयोग रहने बचन व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएकोथियो।