पाँच दिनअघि देखि वेपत्ताको हत्या गरि गाडेको अबस्थामा शव फेला

सिन्धुली – उदयपुरको कटारी बजार घर भइ पाँच दिनअघि देखि वेपत्ता रहेका विजय कार्कीको हत्या गरि गाडेको अबस्थामा शव फेला परेको छ । मृतक कार्कीको सिन्धुली र उदयपुरको सिमानामा रहेको त्रिवेणी नजिक हत्या गरि टाउको र शरिर छुट्टाछुटै स्थानमा गाडेको अबस्थामा फेला परेको स्थानीयबासिन्दाले जनाएका छन् ।

स्थानीय आशाराम अधिकारीका अनुसार गोठालाहरुले गाई चाराउने क्रममा शुक्रबार शरिर र शनिबार शरिर गाडिएको नजिक टाउको समेत गाडिएको अबस्थामा फेला पारेका थिए । घट्नाको थप छानविनका लागि उदयपुर प्रहरीले सिन्धुलीको शिथौली गाविसकी शर्मिला कार्कीलाई आइतबार पक्राउ गरि उदयपुर लगेको इलाका प्रहरी कार्यालय शिथौली सिन्धुलीले जनाएको छ । शर्मिला मृतक कार्कीको साइनोमा साली भएको बताइएको छ ।

अन्य समाचारहरु