यूएईमा एक नेपाली युवक द्वारा आत्महत्या

– उमाकान्त पाण्डे “गाउंले”
अर्घाखाँची टाईम्स यूएई डेस्क-१६ – मे – २०११- दुबइ – अवीर – रोजगारीको शिलशिलामा सम्युत्त अरब एमिरेट्स(यूएई)आएका एक नेपाली युवकले झुण्डीएर आत्महत्या गरेका छन। ३७ महिना अघी देखी दुबइ स्थित ग्रिन ओयासिस एक्सिस कम्पनीमा वाचमेनको रुपमा कार्यरत खोटाङग ९ ऐसेलु खर्कका टेकराज वनले गत मे ९ तारिख सोमबार आफु कार्यरत स्थलमै झुन्डिएर आत्महात्या गरेका हुन।
ग्रिन ओयासिस एक्सिस कम्पनी मार्फत दुबईको अल अविर नादलसिवामा भवन सुरक्षाका लागि(नाथुर)को रुपमा खटिएका वनले ड्युटी समयमै आत्महत्या गरेको उनका जेठान उही कम्पनीमै कार्यरत हरी चन्द्र गिरीले जानकारी दिए।
बुवाको निधन भईसकेको तथा घरको आर्थिक स्थिती नाजुक भएकोले वनले आत्म हत्या गरेको घटनाले नेपालमा रहेका वनका परिवारजन हरु शोकमा डुबेका छन। 
 
झुन्डिएर आत्महत्या गरेका वनले के कती कारणले त्यसो गरेका हुन अहिले सम्म खुल्न सकेको छैन। आत्महत्या गरेका वनको शब पोस्टमार्टमका लागि दुबइ पुलिशले लगेको र अहिले पोस्टमार्टम पछी दुबइ स्थित अल रशिद अस्पातलमा राखेको थाहा हुन आएको छ।
कम्पनीमै कार्यरत रहेकै स्थितीमा उनले आत्महत्या गरेको भएपनि अस्पतालको रिपोर्ट तथा पुलिश रिपोर्ट बाट प्राप्त नतिजा बाट आत्महत्या भएको प्रमाणित भएकोले कम्पनिले इन्सुरेन्स मार्फतको रकम वा अन्य कुनै पनि आर्थिक सहयोग नगर्ने भए पछी अब वनको शब लाई के कसरी नेपाल पठाउने भन्ने बिषयमा समेत त्यस कम्पनीमा कार्यरत नेपाली हरु अन्योलमा परेका छन। 
मृतक वनका जेठान गिरीका अनुसार कम्पनीमा ४० नेपाली कार्यरत रहेकोले सबै जना मिलेर रकम सकंलन गरी शबलाई नेपाल सम्म पुराउने ब्यबस्था गर्न सोही कम्पनीमा कार्यरत नेपालीहरु लागिपरेको जनाइएको छ। मृतक वनको शबलाई नेपाल सम्म पठाउन सक्दो सहयोग गर्न यूएईमा रहेका बिभिन्न संघसस्थालाई यसै समाचार मार्फत अनुरोध समेत गरिएको छ। सहयोग गर्न चाहनेको लागि संपर्क नम्बर ०५५३६७९८३० रहेको छ।