कारको ठक्करले इटहरीमा एक पैदल यात्रुको मृत्यु

सुनसरी – कारको ठक्करले मंगलबार एक पैदल यात्रुको मृत्यु भएको छ । बा ८ प ६९१० को कारले इटहरीमा ठक्कर दिंदा इटहरी-१ मा डेरा गरी बस्ने अन्दाजी ४८ वर्षका दोर्जे लामाको घटना स्थलमै मृत्यु भएका हो ।

पूर्वाञ्चल क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय इटहरीका अनुसार कारमा सवार व्यक्तिहरु पनि घाइते भएको आशंका छ । दुर्घटनापछि कार ४ सय २० मिटर उत्तर ठोक्किएर क्षतीग्रस्त भएको छ ।

कारमा सवार सबै फरार रहेको र खोजी जारी राखिएको ट्राफीकले जनाएको छ ।     क्षतीग्रस्त कार इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा राखिएको छ ।

अन्य समाचारहरु