– उमाकान्त पाण्डे “गाउंले”
यूएई डेस्क – दासढुङगा दुर्घटनामा परी निधन भएका स्व.नेता द्वय मदन भण्डारी तथा जीवनाथ आश्रीतको १८ औ स्मृती दिवस सम्युत्त अरब एमिरेट्स यूएईको आबुधाबीमा एक कार्यक्रमका बिच मनाइएको छ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सम्झनामा प्रवासी नेपाली संघ यूएई दक्षिण एमिरेट्स समन्ययब समितीको आयोजनामा गत जेष्ठ ३ गते अर्थात मई १७ तारिखका दिन आबुधाबीको केरेला सोसियल सेन्टरमा एक कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाइएको हो।
‘जनताको बहुदलिय जनवाद’सीदान्तका जन्मदाता समेत भनेर चिनिने मदन र सगंठनको बलियो पकड बनाउन सक्ने मुख्य खब्बाको रुपमा लिईने आश्रीतको १८ औ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा स्व.नेता द्वयको सबैले मुत्त कन्ठले प्रशंशा गरे।
सो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वत्ताहरुले भण्डारी र आश्रीतका जीवन अनुभब बारे बोल्दै राजनितिक दलका नेताहरुमा नियम,परीधी,अनुशासन,अडिगको रहने बानीमा कमी भएकोले हाल देशमा अन्योल पूर्ण स्थिती आएको टिप्पणी समेत गरे।अग्रजले देखाएको बाटोमा लाग्न र आफुहरु जस्तो स्थितीमा रहेपनि वर्षको एक पटक मार्गनिर्देश गर्ने नेत्रित्वको सम्झना गर्नु पर्ने भन्दै प्रवासमा स्मृति दिवस मनाउनुको कारण बताउदै केन्द्रिय सवाद सचिव श्याम पाठकले चर्चा परिचर्चा गरेका थिए।
कार्यक्रममा बोल्दै सघंका केन्द्रिय सदस्य गोबिन्द खनालले दासढुङगा दुर्घटना गराइ नेता द्वयको हत्या सुनियोजित गरिएको भए पनि हत्यामा सम्लग्न पक्षको अहिले सम्म छानबिन गर्न नसक्दा पार्टीका तल्लोतहमा रहेका कार्यकर्ताहरुको मनोबल घट्दै गएको भनाइ राखे। मन्तब्य राख्ने क्रममा संघका केन्द्रिय सदस्य प्रकाश पोख्रेलले बाल्यकालमा आफुले नेता भण्डारी नभै कमरेड ‘सादुल’को नाम बाट परीचित ब्यातित्वलाई भेटेको केही वर्षमा गुमाउनु परेको पिडा सुनाउदै एकपटकको भेट सधैंका लागि अन्त्य भएकोमा दु:ख ब्यत्त गरे।
प्रमुख अतिथीको रुपमा कार्यक्रमलाई सवोंधन गर्दै संघका केन्द्रिय उपाध्यक्ष तथा सगंठन बिभाग प्रमुख लक्षमण सापकोटाले भण्डारी र आश्रीत जस्ता नेता गुमाउदा नेपाललाई मात्र होइन विश्व कम्युनिस्ट आन्दोलन लाई नै घाटा पुगेको यथार्थलाई कसैले भुल्न नसक्ने भन्दै आफ्नो राजनितिक पृष्ठभुमी तथा अनुभबको आधारमा स्व.नेता द्वयको नेपाली राजिनितीमा सधैं टड्कारो रहिरहने भनाइ राखेका थिए।
ईतिहासमा सधैं सबैले पुज्ने नेता द्वय भण्डारी र आश्रीतको योगदान र उनिहरुले अपनाएको जनताको बहुदलिय जनवाद नामक सिदान्तलाई नेपालका कम्युनिस्ट पार्टीहरुले विस्तारै कार्यन्वयन गर्दै जानु खुशीको कुरा भएको कार्यक्रममा बोल्ने अधिकाशं वत्ताहरुको भनाइ रहेको थियो।
स्व.नेता द्वय भण्डारी र आश्रीतका तस्विरमा शोक सलामी दिदै सुरु गरिएको कार्यक्रम नेपाली प्रवासी संघ दक्षिणी एमिरेट्स समन्यवब समितीका अध्यक्ष लेखनाथ न्यौपानेको सभापतित्व,संघका केन्द्रिय उपाध्यक्ष तथा सगंठन बिभाग प्रमुख लक्षमण सापकोटा,केन्द्रिय सवांद सचिव श्याम पाठकको प्रमुख आतिथ्यता तथा संघका केन्द्रिय सदस्य तथा क्षेत्रिय समितीका प्रतिनिधिको उपस्थीतीमा सम्पन्न कार्यक्रमको सन्चालन संघका सदस्य दिपक खड्का तथा स्वागत मन्वब्य आयोजक समितीका उपाध्यक्ष चक्र बहादुर राइले गरेका थिए।
स्मरण रहोश दाशढुङगा डुर्घटना १८ वर्ष अघी २०५० जेष्ठ ३ गते घटेको थियो।