दोलखा, तनहुँ, परासी र नवलपरासीमा चट्याङ लागेर ६ जनाको मृत्यु

दोलखा  – चट्याङ लागेर बुधबार राति दोलखा, तनहुँ र नवलपरासीमा चार जनाको मृत्यु भएको छ । तनहुँको भगवतीपुर-३ का सासु वुहारीको मृत्यु भएको छ ।

साँझ ६ वजेतिर पानी सहित परेको चट्याङ्गले ८० वर्षीया सासु खिना र ४५ वर्षीया वुहारी बेजि स्वाँरा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । घर भित्र वसी रहेको अवस्थामा परेको चट्याङ्गले एउटा गोरु समेत मरेको छ ।

घरभित्रको विद्युत मिटर वक्समा चट्याङ्ग परेको प्रहरीले जनाएको छ । उनीहरुको बिहीबार पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ ।

परासीमा आमाछोराको मृत्यु

परासी – परासीमा बुधबार राति परेको चट्याङ लागेर यहाँका दुई जनाको मृत्यृ भएको छ । नयाबेलहानी ८ अरुणखोलाका बस्ने आमाछोराको मृत्यु भएको हो । अन्य दुई जनाको अवस्था गम्भीर छ ।

चट्याङ लागेर अरुणखोला बस्ने ४५ वर्षीया बुद्धिमाया थापा र उनका १२ वर्षीय छोरा सन्नि थापाको मृत्यृ भएको नवलपरासी प्रहरीले जनाएको छ । सोही चट्याङ्ग लागेर थापाकै छोरा र छोरी २२ वर्षीया उत्तम थापा र १५ वर्षीया मिथुन थापा गम्भप्र घाइते भएका छन् । दुवैको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

 

दोलखाको उत्तरी गाउँ खोपाचाङुमा चट्याङले दुई जनाको मृत्यु

 

दोलखा – दोलखाको उत्तरी गाउँ खोपाचाङुमा बुधबार साँझ परेको चट्याङले दुई जनाको मृत्यु भएको छ । वडा न।७ का वर्षीया नमदिकी शेर्पा र वडा न।९ की ५२ वर्षीया दलीमाया थमीको मृत्यु भएको हो ।

त्यस्तै वडा नं ६ र ७ का ६ जना घाइते भएका छन् ।  दुई दिन देखि विभिन्न स्थानमा परेको चट्याङले माइक्रो हाइड्रोपावर अवरुद्ध भएको छ । त्यस्तै इन्टरनेट र अन्य विद्युतीय सामग्रीमा क्षति पुगेको छ ।

अन्य समाचारहरु