उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा १२ का प्रश्नपत्र गत वर्ष पनि आउट गरेका अभियुक्तले बयान दिए

काठमाडौं – उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा १२ का प्रश्नपत्र गत वर्ष पनि आउट गरेको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले बयान दिएका छन् । प्रश्नपत्र आउट गरेको आभियोगमा पक्राउ परेका जिलेट कलेजका सहप्राचार्य रुद्र अधिकारीले यस्तो बयान दिएका हुन् ।

 

काठमाडौं परिसर हनुमान ढोकामा रहेका उनले गत वर्ष बिजनेस म्याथको प्रश्नपत्र आउट गरेको बयान दिएका छन् ।

 

‘ब्राइटल्यान्ड कलेजका नरेन्द्र सुब्बा र मैले गत वर्ष पनि प्रश्नपत्र आउट गरेर ७५ हजार रुपैयाँमा बेचेका थियौं’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘परीक्षा हुने दिनको प्रश्नपत्र लिन जाँदा भोलिपल्टको पनि निकालेर आउट गरेका थियौं ।’ प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले ४ जनालाई गत आइतबार पक्राउ गरेको थियो ।

अन्य समाचारहरु