राजु लामाले मरुभुमीमै आएर गर्मीको मुल फुटाए…

– उमाकान्त पाण्डे  “गाउले” / मान बहादुर थापा



यूएई डेस्क- त्यसैत खाडीमुलुकमा बढ्धै गरेको तापक्रम , अझ त्यस माथि समर ब्लास्ट नामक सास्कृतिक कार्यक्रमका प्रस्तुती हरु साँच्चिकै यूएईमा गर्मीको मुल फुट्यो ….  समर ब्लास्ट २०६८ मा सहभागी हुन यूएईमा आएका मङगोलियन हर्टका राजु लामाले यहाँ स्थित दर्शक माझ आफ्नो जोडदार प्रस्तुती देखाए। उनको प्रस्तुतीमा तातेका दर्शकदिर्घामा गर्मी मुल फुट्यो र पसिनाको ओइरो लाग्यो।दर्शकदिर्घा बाट नक्कले गायकको रुपमा चिनिएका राजु लामाले दर्शकको मन हुरुक्कै पारे उद्घघोशण गरिरहेका पत्रकार उमाकान्त गाउले भन्दै थिए आज केही ब्लास्ट हुँदै छ । आखिर सबैलाई अचम्म पार्दै दर्शक दिर्घाको अघिल्लो पर्दामा कलाकारको प्रस्तुतीले गर्मीको मुल फुटाएरै समर ब्लास्ट गराइ छाडे।

 


 

दिउस ४ बजे देखी औपचारिक रुपमा सुरु भए लग्गत्तै सुरुभई यूएईमा रहेका स्थानिय कलाकारका प्रस्तुतीले राप निस्कदै गर्दा बिचैमा रास्ट्रिय कलाकार लामा द्वारा प्रस्तुती देखाउदै गर्दा स्टेज वर पर होइन हलको स्थिती नै परीवर्तन भयो।



जब देशभत्त भावनाले ओतप्रोत शब्दमा स्वर थप्दै गायक लामा स्टेजमा उभिए, दर्शक दिर्घाबाट आउने गडगडाहट आवाजले हल गुन्जायमान होइन दर्शकले राजुका गीत हरु एक एक गर्दै भट्टाउन लागे। 



यो खोला,यो नाला, यो पहाड भन्ज्याङले मलाई बोलाई रहन्छ ….।जब उनी देशभक्त भावनाका यि ओतप्रोत शब्द गाउदै यूएईका दर्शकरुलाई अभिवादन गर्दै स्टेजमा के चढेका थिए,तन्नेरी यूवा यूवती उनलाई अंगालो हालौला गरी झम्टेर गई स्टेज अगाडि झुम्मिए। 

 


 

फेरी पनि दिन काट्दै छु तिम्रो यादमा-साच्चैनै यो गीतका शब्दहरुले दर्शकहरुको मुटु चसक्क भएको महसुश गरिन्थ्यो कारण सबै नतमस्तक भएर एकाग्र भई टोलाएको द्रिश्य।


दोश्रो गीत जव उनले “वादलपारीको देशबाट मेरी मायालु मलाईनै हेर्दै होलिन्” भन्ने गीत सुरु गरे दर्शकहरुको हुटिङ्गले हल गुञ्जयमान भयो।लाग्थ्यो प्रवासीएको यूवा युवतीले वादलपारीको देश यूएई देखी मायालुलाई हेरिरहेका छन् स्वदेशमा। दर्शक हरु एक हुँदै एकै स्वरमा मेरी मायालु मलाईनै हेर्दै होलिन् धेरै बेर उनको यो गित दर्शकहरुलेनै गाइरहे।



यूवा यूवतीको ढुकढुकीमा बस्न सफल मंगोलियन हर्टका यी गायक यूएईमा आएको यो भने पहिलो पटक होइन। यस् अघी २००५ मा सोनाम ल्होछार पर्व मनाउने क्रममा स्विट ईम्पेरियल होटलमा आयोजित एक सास्कृतिक कार्यक्रम यूएई आईसकेका लामाको यस् पालीको आगमन दोस्रो पटक थियो। गायकको आगमन दोस्रो पटक भए पनि दर्शक हरु भने थपिएछन क्यारे राजु क्रेजी बढेको पाईयो। 

 


 

हलमा दर्शकहरुबाट राम्रै हौसला पाएका राजुले गितारको तालमा “लाखौ कोशिष गर्दा पनि तिमीलाई भूल्न गाह्रो भो”,ट्रयाक बेगरको यो गीतलाई दर्शकहरुको ताली र हो हल्लाले नया म्यूजिक ट्याक्कको स्वर सुनिएको आभाश सबैलाई मिलेको थियो।उनी “हे देउता जुराईदेउ एउटा” प्रवासमा एक्लिएका दर्शकहरु उनको यो गीतमा देउतासंग प्रार्थना गर्दै थिए एउटा,एउटीलाई जुराईदिनको लागि। हलका दाँया बाँया मा प्रेम प्रेमिकाको जोडी बनाउने दाउमा कतिपय दर्शक झुमिरहेका थिए।

 

“यो जुनीमा पाए अर्को जुनीमा तिमीलाईनै पाउ”उनले भर्खरै काठमाण्डौमा भएको अन्तराष्टि्य स्तरको कन्सर्टमा देखिएको दृश्य हेर्ने प्रयास गरे र आग्रह गरे दर्शकहरुलाई मोवाईलको फ्लाश अन गरी हात हल्लाउन, लामाको स्वरमा लठ्ठ भएका दर्शक हरु आज्ञाकारी बिद्यार्थी हुँदै पालना गरिरहेका थिए।”यसै ठाउामा घुम्न आको म एउटा प्रदेशी” युएईका प्रदेशी यूवतीहरुको थाहा नपाई पिरती बसीसकेको थियो स्व्रदेशी राजुलाई।



पर्खाईमा भिज्यो सिरानी,चाडै फर्की आउ हे मेरी मायालु उनको अर्को चर्चित यो गितले प्रदेशी मायालुलाई स्वदेश र्फकन सन्देश दिई रहेको थियो प्रवासमा रहेका मायालुहरुलाई। 



बीचबीचमा स्थानीय कलाकारहरुको प्रस्तुती पछि दर्शकहरुको भिडले राजु लामालाईनै खोज्यो फेरी उनले चर्चित गितहरु लिई स्टेजमा उपस्थित भए । सायद तिम्रो वाटोमा, हल्ला चलेछ राजै चर्जा चलेछ,आाखा तरेकी आाखा तरेकी, तिमीलाई देखेर हिमाल हासेको, आदी गित उनले दर्शकसंग संगै गाए र नाचे पनि । लगत्तै उनी अर्को देश यूएसएमा जाने पनि बताए । बीचबीचमा उनलाई यूएईका अर्का गायक ज्ञान लामाले साथ थिए भने डिजे फारेको रिमिक्स गितमा दर्शकहरु झुमी रहे । 



उनका गितहरुमा यूवाहरुको भन्दा पनि यूवतीहरुको स्वर बढी गुञ्जेको थियो।पहिलो पटक उनको प्रस्तुति हेर्न आएकी सिन्धुपाल्चोककी सञ्जना राई, काठमाण्डौकी डोल्मा लामा र दिक्षा गुरुङ्ग स्टेजमानै चढेर फोटो सेसन गरे । उनको अन्तिम प्रस्तुतीसम्म पनि दर्शकहरु नाचेका थिए । गलवन्दी, स्काकोट अनि गुलावी रंगको टिसर्टमा सजिएका राजु लामा यूवतीहरुको आाखामा राम्ररी गढिरहेका थिए । यूएईका यूवतीहरुले उनको सेक्सी पहिरनबाट मख्ख थिए ।

 


 

यूएईका स्थानीय कलकार अस्मीता लामा, नवीन संगीत, सन्तोष खाड,प्रेम लामा,धनराज सिन्धाली,ज्ञान लामा,पुजा लामा,बसन्ती लामा,पुजा लामा,अनिल लामा, सिन्धु लामा आदीले नृत्य तथा गित प्रस्तुत गरेका थिए भने रमेश खड्का र सरस्वती तामाङ्गको हास्य प्रस्तुतीले दर्शकहरु पेट मिची मिची हासेका थिए । आशिष पुरुषको क्याण्डल नृत्यमा दर्शकहरु स्तम्भ भएका थिए । उनको नृत्य दर्शकहरुकोलागि तारिफयोग्य थियो । इण्डियन आइडलमा समेत भाग लिएका अर्विनलेपनि कार्यक्रममा आकर्षक नृत्य पस्केका थिए । 



समर ब्लास्ट २०६८ नाम दिईएको उक्त सांगेतिक कार्यक्रमा यूएईमा रहेका नेपालीहरु रमेश खड्का,मोडल मीना वाईवा तथा अन्य साथीहरुको सहयोगमा सम्पन्न कार्यक्रमको मिडिया पाट्नरमा अर्घाखाँची डट्कम्,नेपाली समाचार केन्द्रको प्रकाशन नेपाली समाचार पाक्षिक पत्रीका तथा नेपाल दुबइ डट्कम् रहेका थिए।उक्त सांगेतिक मेलामा दूतावासका उपनियोग प्रमुख दिपक अधिकारी, एनआरएका अध्यक्ष सि.एम ढकाल, साथै अन्य संघ संस्थाका प्रतिनिधी-पत्रकार हरुको उपस्थिति रहेको थियो। 



करीव ६ घण्टा सम्म चलेको सो सागिंतिक कार्यक्रम पत्रकार उमाकान्त पाण्डे “गाउंले”ले सञ्चालन गरेका थिए उनलाई बिच बिचमा भरत महतोले साथ दिएका थिए भने नेपाल टेलीभिजन मार्फत प्रस्तुत गरिने प्रवासीको सन्देश नामक कार्यक्रमका क्यामेरा म्यान धर्म मानन्धरले सम्पूर्ण किल्प हरु आफ्नो क्यामरामा कैद गरेका थिए। उता डिजे फारेले कार्यक्रम अवधिभर सांगितिक माहौलको रंग थपेका थिए।



महिलाहरु बढी उपस्थिति रहेको सो कार्यक्रमको अवधिभरि नाचेर साथ दिएकी नेपाली भाषा नबुझ्ने हलैण्डकी लिनार्थीले ‘संगीतका धुनहरु संसारभरि एउटै हुन्छन्,त्यसमाथिपनि नेपाली म्यूजिकबाट म प्रभावित छु नेपाली समुदायमा कलम चलाऊने यूएईका स्थानिय पत्रकारहरु सँग उनले प्रतिकृया दिईेन।नबुझेपनि नेपाली भाकामै उफि्रएर साथ दिएकी हु-उनले थपिन।