नवलपरासी – हतियारधारी डाकाहरुको एक समूहले नवलपरासीको कावासोती स्थित स्थानीय सुशिल सुवेदीको घरबाट ४० लाख बराबरको धनमाल लुटेर लगेको छ । बुधबार राति पानै एक बजे पेश्तोल, खुकुरी र खुंडा सहित आएको ५/७ जनाको नकाबधारी समूहले बाक्लो बस्तिबीच रहेको सुबेदीको घरमा लुटपाट मच्चाएका हुन् ।
डाँकाहरुले सुवेदीको घरमा पसेर सबैजसोलाई सौचालयमा थुनेर करिब ६० तोला सुनका गरगहना, २ लाख नगद, मोबाइल, ल्याप्टप , थुपै्र कपडा लगायतका महत्वपुर्ण सामान लुटेको पीडित सुवेदीले जनाए । मंगोलियन अनुहारका ति डाकाहरु घरमा पसेपछि शिष्ट भाषामा सबै सम्पत्ति सुम्पिन आदेश दिएका थिए । ‘तपाईहरु कावासोतीको सबै भन्दाधनी मान्छे हो घरमा के के सामान छन सबै दिनुस भन्दै सम्पत्ति मागे ‘ पिडित सुवेदीले भने ‘हाम्ले चिच्याउन लागेपछि समातेर मुख थुने, पेश्तोल कन्चटमा तेर्सार्र धनमाल लुटे ।’ एक घण्टासम्म सबै समान लुटपाट गरेपछि उनीहरु फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय कावासोतीवाट नजिकै रहेको त्यसघरमा लुटपाट गरेर डांकाहरु भाग्न सफल भएपछि छिमिकीले थाहा पाएर प्रहरीलाई खवर गरेका थिए । घटनाको करिब २० मिनेटपछि प्रहरी घटनास्थलमा पुग्दा डाँकाहरु सबै समान बोकेर फरार भैसकेका थिए । लुटपाटमा संलग्न भएका मध्य केहीले मुखमा नकाब बाँधेको र २ जनाको अनुहार देखिएको पिडित परिवारको भनाई छ । डकैतिमा स्थानियको संलग्नता रहेको आसंका गर्दै प्रहरीले खोजतालाश सुरु गरेको जनायो । बिहीबार सम्म उनीहरु कोहि पनि पक्राउ परेका छैनन् ।



