इच्छुकको स्मृतीमा डेढ दर्जन संचारकर्मीहरु क्रान्तिकारी पत्रकार संघमा

– कृष्ण खनाल

 

बुटवल १३ जेठ – विभिन्न मिडियामा कार्यरत डेढ दर्जन वढि संचारकर्मीहरु क्रान्तिकारी पत्रकार संघ रुपन्देहीमा आवद्ध भएका छन । नवौ कृणसेन इच्छुक समृती दिवशको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रमका विच उनिहरुलाई स्वागत गरिएको छ । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा अवध मधेस राज्य समितीका सेक्रेटरी निर्मल कुमार क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य यानेन्द्र जिसीले अविर लगाएर उनिहरुलाई स्वागत गरेका थिए ।

 

रेडियो लुम्विनी रेडियो रिपव्लीक रेडियो देवदह तथा  पत्रपत्रिकामा कार्यरत १७ जना संचारकर्मीहरु संघमा आवद्ध भएका हुन । प्रकाश पाण्डे सरु राना पार्वती न्यौपाने पुर्ण प्रसाद गौतम पवन मदन आर्चाय प्रकाश गौतम दिपु मगर  विकास गौतम शारदा शाहि माया केसी मोती न्यौपाने मनिराम थारु विरेन्द्र थापा राज चौधरी योगेन्द्र चौधरी लगायतका संचारकर्मीहरु संघमा आवद्ध भएका हुन ।  उनिहरुले जनपक्षिय पत्रकारिता मार्फत समाज परिवर्तनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा वोल्दै एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा अवध राज्य समिती सेक्रेटरी निर्मल कुमारले राष्ट्ले चाहेको पत्रकारिताको खाचो औल्याए । आम नेपाली र मुलुकले अहिले नयाँ संविधान चाहेको वताउदै उनले संविधान सभा विघटन गर्ने चाहने तत्वको विरुद्धमा संचारकर्मीले खवरदारी गर्नुपर्नेमा जोड दिए ।

 

संविधान सभाको माग सवैभन्दा पहिले माओवादीले राखेकाले त्यसप्रति सवैभन्दा चिन्ता र चासो रहेको उनको भनाई छ । उनले नया संविधान मार्फत जनताका अधिकार सुनिश्चित गर्ने तत्कालिन मिसन भएकाले क्रान्तिकारी पत्रकारहरुलाई सो मिसनमा लाग्न आग्रह गरे ।

 

उक्त पार्टीका रुपन्देही जिल्ला सह-इन्चार्ज माधव शर्माले सवै भन्दा ठूलो कुरा विचार भएकाले विचार भए सानो पार्टी पनि ठूलो वन्न सक्छ भन्ने पुष्टी भएकाले क्रान्तिकारी पत्रकार संघको पनि आकार ठूलो हुदै जाने र जनपक्षिय पत्रकारको वाहुल्य रहनेमा विश्वास व्यक्त गरे । संघका केन्द्रिय सदस्य यानेन्द्र जिसीको अध्यक्षता जिल्ला सदस्य टिआर शर्माको स्वागत तथा सचिव रुद्रहरी कुँवरको संचालनमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार सेनानी तथा संघका सल्लाहकार अर्नुन ज्ञवाली  सल्लाहकार नारायण सापकोटाले मिसन संगै व्यावसायीक पत्रकारितालाई संगसंगै लगेमा पत्रकारिताको विकास हुने धारणा व्यक्त गरे ।  जनताले जनपक्षिय पत्रकारको आवश्यकता महशुस गरेको वताउदै उनिहरुले जनताको आवशयकता वुझेर पत्रकारिता गर्न शुझाव दिए । आवद्ध सदस्यहरुको तर्फवाट मन्तव्य व्यक्त गदै रेडियो लुम्विनीको समाचार शाखामा कार्यरत पत्रकार प्रकाश पाण्डेले जनपक्षिय पत्रकारितावाट समाज परिवर्तनमा लाग्ने प्रतिवद्धता जनाए ।

अन्य समाचारहरु