यूएई डेस्क-भर्खरै गठित शान्ति र जन सवींधान निर्माणकालागि जन दबाब र खबरदारीका लागि जनजागरण अभियान अन्तर्गत नेपालमा ए.ने.क.पा.( माओबादी)ले निर्माण गरेको जन स्वयमसेवक समितिको निर्माण संगै प्रवासको यूएईमा पनि केन्द्रीय समितिको निर्माण केहि समय पहिले मात्र भएको थियो|संगठनलाई प्रवास भरिनै विस्तार गर्ने पुर्व योजना अन्तर्गत येही मिति २०११/०५/२७ का दिन अबुधाबी क्षेत्रीय समितिको निर्माण कार्य सम्पन्न भएको छ | जन स्वयेम सेवक समिति यू.ए.ई.का केन्द्रीय अध्यक्ष शालिक सुबेदीको अध्यक्षतामा संम्पन्न सो भेलाले सल्लाहकार सहित १३ सदस्य सर्बसम्मत आबुधाबी क्षेत्रीय समिति निर्वाचित गरेको छ |
५ सदस्य सल्लाहकार समितिमा क्रमश: कर्मा गेली शेर्पा ,राज कुमार तामांग , गोकुल कुइखेल ,बिरेन्द्र खड्का र राम बा.बि.क.हुनु हुन्छ भने कार्य समिति अन्तर्गत अध्यक्षमा दिनेश कार्की ,बरिष्ठ उपाध्यक्ष जगदीश गुरुङ ,उपाध्यक्ष रिखा तामांग ,सचिब मा लोक आलेमगर ,सह-सचिब धन बा.रिमाल ,कोषाध्यक्ष एक राज कटुवाल , प्रबक्ता सोनाम झ्यारी मगर ,र सदस्यमा नरबहादुर पुन लाई चयन गरिएको छ ! नव निर्वाचित कार्य समितिले आउदो भेला र बैठक मार्फत कार्य समितिको विस्तार गर्ने जिम्मा समेत पाएको छ।
उक्त कार्यक्रम जन स्वयेम समितिका राजनैतिक बिभाग प्रमुख एवं जनप्रगतिशील मंच आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष रबि रमण अधिकारी को बिशेष उपस्थितिमा केन्द्रिय उपाध्यक्ष मिन बुढाथोकीको सकृयता एवं केन्द्रीय समितिका महासचिब हरि राना मगरको उपस्थिति सहित केन्द्रिय प्रबक्ता निशान थापाको संचालनमा संम्पन्न भएको थियो | सो कार्यक्रममा अतिथिको रुपमा नेपाली जन प्रगतिशील मंच ,यू.ए.ई.का केन्द्रीय सल्लाहकार संयोजक पिताम्बर पोखरेल , प्रगतिशील मंचका केन्द्रीय महासचिब श्याम परियार , मंचका आबुधाबी क्षेत्रीय समितिका उपाध्यक्ष केयर मान बि.क., प्रगतिशील यातायात मंचका केन्द्रिय कोषाध्यक्ष बल बहादुर बि.क., जनप्रगतिशील मंच का केन्द्रीय सदस्य एवं सास्कृतिक विभागका संयोजक नेत्र के.सी., नेपाली समाज आबुधाबी क्षेत्रीय समितिका उपाध्यक्ष रबि खनाल लगाएत उल्येख्य प्रवासीहरुको सहभागितामा संम्पन्न सो भेला मा निर्वाचित कार्य समितिलाई उपस्थित सबैले शुभकामना समेत दिनु भएको थियो |
शुभकामना सहित राजनैतिक प्रशिक्षण दिदै संगठन को राजनैतिक दृष्टिकोण र प्रवासीहरुको भूमिका का बारेमा रबिरमण अधिकारीले उपस्थित सबैलाई प्रष्ट पार्नु भएको थियो भने संगठनलाई आगामी दिनमा बिशेष रूपमा शसक्त बनाउन र अन्य संगठन भन्दा फरक शैलीले श्रमिकहरुको पक्षमा कामगर्ने संगठनको रूपमा चिनाउन यो कार्य समितिले बिशेष भूमिका निर्वाह गर्ने बिश्वाश सहित निर्वाचित प्रतिनिधिहरुको बिशेष जिम्मेवारीको बारेमा अध्यक्ष शालिक सुबेदीले जानकारी गराउदै डटेर संगठन बिस्तारमा लग्न सुझाब समेत दिनु भएको थियो | नेपाली जनप्रगतिशील मंच को तर्फबाट महासचिब श्याम परियारले संगठन निर्माणमा अनेकौ समस्या आएपनि संगठन निर्माणमा देखापरेको जागरुक युवाहरुको जागरणका कारण संगठनले सफलताको उचाई छुने बिश्वाश सहित यस्ले आगामी दिनमा शान्ति र संविधानको लागि बिशेष भूमिकामा युवाहरुलाई सक्रिय बनाउने बिश्वाश ब्यक्त गर्दै वर्तमान परिबेशमा ए.नेकपा ( माओबादी ) का अग्रगामी बिचारहरुलाई प्रचार प्रसार गर्दै देश र जनताको पक्षमा प्रवासबाट समेत सहयोगी बनेर बिशेष भूमिका निर्वाह गर्नेमा संख नभएको बिचार राख्नु भएको थियो | नव निर्वाचित कार्य समितिलाई शुभकामना दिदै समितिका केन्द्रिय उपाध्यक्ष मिन बुढाथोकीले आफ्नो बिशेष सक्रियेतामा प्रवाशबाट समेत पार्टीको यो जन अभियानमा सहयोगी बनेर कामगर्न पाउदा खुशी ब्यक्त गर्दै यो नया संरचना निर्माणसंगै सांगठानिक विस्तार प्रक्रियाले आगामीदिनमा संगठन बलियो हुनका साथै प्रवासमा हरेक जनविरोधीहरुका बिरुद्द सशक्त रूपमा प्रस्तुत हुन बलियो सहयोग पुग्ने विचार राख्नु भएको थियो | सो कार्यक्रममा उपस्थित सबैले आआफ्नो तर्फबाट संगठनको उज्जल भविष्य प्रति अग्रिम शुभकामना दिनु भएको थियो भने बिशेष कारणबस अन्तिम समय सम्म उपस्थित हुन नसक्नु भएका केन्द्रिय महासचिब हरि घर्ति मगर , केन्द्रीय समितिका बरिष्ठ सल्लाहकार छबिलाल बि.क.र जन प्रगतिशील मंच ,यू.ए.ई.का केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले समेत संगठन विस्तार प्रति खुसि ब्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई शुभकामना सहित हार्दिक बधाई ज्ञापन गर्नु भएको थियो |