– कृष्ण खनाल
बुटवल १५ जेठ । दलित पत्रकार संघ रुपन्देहीको कार्यसमिति पुर्नगठन गरिएको छ। गत बर्ष गठन गरिएको कार्यसमिति निष्कृय भएको भन्दै संघका बहुमत सदस्यहरुको शनिबार बुटवलमा बसेको भेलाले शान्ति विकको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा संजय विश्वकर्मासचिवमा विनोद परियारसहसचिवमा सिता विक कोषाध्यक्षमा कृष्ण परियार रहनुभएको छ । त्यस्तै सदस्यहरुमा किसन बराल विक जगलाल नेपालीशशि परियार र सलिना विश्वकर्मा रहनुभएको छ ।
सामाजिक विभेद तथा जातिय छुवाछुतका विरुद्ध सकृय हुन रुपन्देहीका विभिन्न संचारमाध्यमहरुमा कार्यरत संचारकर्मिहरु एकै ठाउमा गोलबद्ध भएको नवनिर्वाचित अध्यक्ष शान्ति विकले बताउनुभयो ।
उहाँले नयाँ कार्यसमितिले दलित समुदायका मुद्धाका साथै हरेक खालका विभेदका विरुद्ध संचार वकालत गरिने बताउनुभयो । रुपन्देहीका विद्युतीय र छापा मिडियाहरुमा कार्यरत संचारकर्मिहरुको सहभागितामा समिति गठन गरिएको हो । यसअघि दिनेश हरिजनको अध्यक्षतामा दलित पत्रकार संघ गठन गरिएको थियो ।



