यूएई डेस्क – कतार सवांदाता – कतारस्थित नेपाली दूतावासका कर्मचारीहरुले मेनपावर व्यवसायीसँग अनेकौं बहाना बनाएर बार्गेनिङ गर्ने र नमानेमा कालो सुचीमा राख्ने चेतावनी दिने गरेको समाचार प्राप्त भएको छ ।
राजदूत सुर्यनाथ मिश्र र उनका नजिकका केही कर्मचारीहरुले विभिन्न मेनपावर कम्पनीहरुमा धम्क्याउँदै रकम असुल्ने गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अलपत्र परेर दूतावासको शरणमा गएका कामदारहरुको निहुँमा दूतावासका कर्मचारीहरुले मेनपावर कम्पनीलाई धम्क्याउने गरेका छन् ।
दूतावासले हालै ३७ वटा मेनपावर कम्पनीलाई कालोसूचीमा राख्दै कारवाहीको लागि श्रम मन्त्रालयमा पठाएको जनाए पनि मन्त्रालयमा यसबारे कुनै पत्र आएको छैन । मन्त्रालयले हालसम्म त्यस्तो कुनै पत्र नआएको जानकारी दिएको छ ।