– उमाकान्त पाण्डे “गाउंले”
यूएई डेस्क – चौथो गणतन्त्र दिवस २०६८ को अवसरमा नेपाली दूतावास यूएईले अबुधावीस्थित दूतावास परिसरमा एक स्वागत तथा जलपान कार्यक्रम सम्पन्न गरेको एक प्रेस बिज्ञप्ती जारी गरी जनाएको छ।दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘चौथो गणतन्त्र दिवस २०६८ को अवसरमा नेपाली दूतावास यूएईले अबुधावीस्थित दूतावास परिसरमा एक स्वागत तथा जलपान कार्यक्रम आयोजना गर्यो ।
उक्त कार्यक्रममा संयुक्त अरब ईमिरेट्स स्थित विभिन्न नेपाली संघ, संगठनका पदाधिकारीहर, यूएईमा विभिन्न पेशा र व्यवसाय अपनाई बसोबास गर्दै आउनु भउका व्यक्तिहरु, बुद्धिजिवी, समाजसेवी र राजदूतावासका कर्मचारी र परिवारका सदस्यहरु समेतको सहभागिता रहेको थियो । राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरुको संझनामा एक मिनेट मौन धारण पनि गरिएको थियो ।
उक्त कार्यक्रममा संयुक्त अरब ईमिरेट्सका लागि नेपाली राजदूत महामहिम श्री अर्जुन बहादुर थापाले आगन्तुक सबैलाई स्वागत गर्नु हुंदै नेपालका राजनीतिक दलहरुको आपसी समझदारीबाट तीन महिनाको लागि संविधान सभाको म्याद थप भएकोले अब निराश हुनुपर्ने अवस्था नरहेको विचार व्यक्त गर्नु हुंदै गणतन्त्र दिवसका उपलक्ष्यमा सबै यूएईमा बस्नु भएका नेपालीहरुलाई शुभकामना दिनुभयो । उक्त कार्यक्रममा उपस्थित हुन भएकाहरु मध्ये प्रवासी नेपाली संघ यूएईका प्रवक्त श्याम पाठक, यूएईमा अध्ययनरत विद्यार्थी सागर पराजुली, नेपाली जनसम्पर्क समिति यूएईका सभापति चित्रबहादुर केसी, प्रवासी नेपाली युवा संघ यूएईका महासचिव वुद्धि प्रसाद सुवेदी, महिला सहभागी ईन्दिरा प्रधान र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष रामेश्वर शाहले गणतन्त्र प्राप्ति र यसको महत्वका विविध पक्षहरुमा प्रकाश पार्नु हुंदै गणतन्त्त दिवसका उपलक्ष्यमा आफू र आ आफ्ना संस्थाहरुका तर्फबाट शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमको संचालन नियोग उप प्रमुख दीपक अधिकारीले गर्नु भएको थियो । गणतन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाउने क्रममा दूतावासले शनिबार र आइतबार दीपावली गर्नुका साथै आज सोमबार पनि दीपावली गर्ने क्रार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।