परिक्षा पुःन संचालन हुने भएपछी विद्यार्थिलाई फेरी सास्ती

– कृष्ण खनाल

 

बुटवल १७ जेठ  । उच्च माध्यमिक शिक्षा परिषद अन्र्तगत कक्षा १२ को केहि विषयको परिक्षा रद्द भएका कारण विद्यार्थिहरु ले पुःन परिक्षा दिनुपर्दा मारमा परेको परेका छन । 

 

अर्घाखाची हंसपुर गाविस वार्डनः ७ बामरुक स्थायी घर भई हाल बुटवल ९ दिपनगर बस्दै आएका लेखनाथ भुषालले   कक्षा १२ को केहि विषयको परिक्षा रद्द भएको कारण पुःन परिक्षा  दिनको लागी आफ्नो स्थायी घर अर्घाखाचीबाट बुटवलमा आउन बाध्य  भएको  बताए ।

 

 गत बैशाख महिनको १९ गते देखि ३० गते सम्म  संचालनभएको परिक्षाको एक विषय कम्प्युटर साईन्स को परिक्षा दिनको लागी बुटवल आउनु परेको बाध्यता सनाए । बुटवलमा रहेको क्यानन्न उच्चमाविका विद्यार्थि उनी व्यवस्थापन संकायमा अध्यायन गर्दै आएका थिए  । अहिलेलेखनाथ  जस्ता हजारौ विद्यार्थिहरु पुःन परिक्षा दिनको लागी तयारी मा लागेकाछन । उनले भने – एक पटक परिक्षा दिएर आनन्द भयो भनेर घर गएको फेरीआउनु पर् यो । काठमाडौ जिल्लाको वेलेट कलेज का शिक्षक रुद्र अधिकारीलेपरिक्षा संाचालन हुने दिन भन्दा अगावै प्रश्नपत्र लगेको समाचार सर्वजनिक भएपछी उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरी संगको बयानका उनले प्रश्नपत्रपरिक्षा साचालन हुन भन्दा केहि दिन आगाडि नै लगेको स्वीकार गरेपछी उच्चमाध्यमिक शिक्षा परिषद केन्द्रिय कार्यलयबाटै नै परिक्षा रद्द गरेर पुनसंाचाल गर्ने निर्णय अनुरुप एक पटक परिक्षा दिएका विद्यार्थिहरुले पुःन परिक्षा दिन बाध्यभएका हुन ।

 
उच्च माध्यमिक शिक्षा परिषद  बुटवल शाखाका प्रमुख सुवास पन्तका अनुसार विज्ञानसंकायको फिजिक्स र व्यवस्थापन संकायको होटल म्यानेजमेन्ट र कम्प्युटर साईन्सविषयका परिक्षाहरु रद्द गरिएको हो । यसरी परिक्षा काठमाडौमा प्रश्नपत्र आउट भए पछी नेपाल भरिका सम्पुर्ण परिक्षा केन्द्रहरुमा  रद्द भएको विषयको परिक्षागराउनुको कारण बारे उच्च माध्यमिक शिक्षा परिषद बुटवलका प्रमुख सुवास पन्तभन्दछन –  यो जमना भनेको संाचारको जमना हो काठमाण्डौमा आउट भएकोप्रश्न नेपालभरमा पुगेन कसरी भन्नु त्यै भएर रद्द गरिएको हो ।

 

रद्द भएको परिक्षाहरु फिजिक्स र होटल म्यानेजमेन्टको जेठ २९ गते र कम्प्युटर  साईन्सकोजेठ ३० गते  संाचालन गरिने उच्च माध्यमिक शिक्षा परिषद ले जनाएको छ । यसरी एक जना शिक्षको लपरबाहिको कारण लाखौ  विद्यार्थिहरु मारमा परेका छन ।sाेठा भाडामा बस्ने टाढा का विद्यार्थिहरु परिक्षा सकिपछी कोठा छाडेर घर गएहरुअहिले झन मारमा परका छन । उनीहरु महङ्गो भाडा तिरेर पुन परिक्षा दिनकोलागी सहर आउनु पर्ने बाध्यता छ भने अर्को तर्फ कोठा छाडेर घर गएकाविद्यार्थिहरु होटल तथा  साथिको कोठा मा बस्न बाध्य छन ।

 

रद्द भएका विषयहरु  संचालन हुने मिती ।
फिजिक्स        जेठ २९ गते ।
होटल म्यानेजमेन्ट    जेठ २९ गते ।
कम्प्युटर साईन्स    जेठ ३० गत

अन्य समाचारहरु