– कृष्ण खनाल
बुटवल जेष्ठ १७ । बिश्व धुम्रपान रहित दिवस नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो ।
यसैक्रममा बुटवलमा पनि धुम्रपान बिरुद्ध जनचेतना जगाउने उद्येश्यले एक र् याली तथा सभाको आयोजना गरियो ।
र् यालीमा सहभागीहरुले धुम्रपान लगाएतका सुर्तिजन्य पदार्थको सेवनबाट हुने समस्याका बारेमा सकारात्मक सन्देश लेखेका प्लेकार्ड तथा ब्यानर बोकेका थिए ।
बिश्व हिन्दु महासंघ रुपन्देही लायन्स क्लब अफ बुटवल र धुम्रपान बिरुद्ध संजाल रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न सो एक र् याली तथा सभाका सहभागीहरुले धुम्रपानले फोक्सो मुख घाँटी मुटुमा समेत प्रत्यक्ष असर पुराउने बताएका थिय ।
एक सरकारी तथ्यांक अनुसार सुर्तिजन्य पदार्थको सेवनबाट प्रत्येक २ घण्टामा १ जना र प्रत्येक बर्ष नेपालमा १५ हजार भन्दा बढि र बिश्वमा बर्षेनी ६० लाख मानिसको मृत्यू हुने गरेको छ ।
नेपालमा करिब ३८ प्रतिशत मानिसले धुम्रपान गर्ने गर्दछन ति मध्ये ५० प्रशित निरक्षर छन भने धुम्रपान गर्नेमा १५ देखि ४० बर्ष उमेरका बढि छन ।