– उमाकान्त पाण्डे गाउले
यूएई डेस्क – केही दिन अघी नागरिक तथा रिपब्लिक दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकालमाथि भएको निन्दनीय तथा हिंसात्मक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्न प्रवासमा रहेका बिभिन्न संचार सस्था वा त्यस सग सम्बन्धित निकायले घटनाको बिरोध गरेका छन। बिभिन्न संचार सस्था द्वारा अलग अलग रुपमा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिए अनुसार घटनाको सत्यतथ्य छानबिन गरी अपराधी लाई कारबाही गर्न माग गरिएको छ।
नेपाली समाचार केन्द्र यूएई द्वारा पत्रकार माथि भएको आक्रमणको निन्दा
यूएईको जेष्ठ संचार सस्था नेपाली समाचार केन्द्र यूएईले नागरिक तथा रिपव्लिका दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकालमाथि भएको निन्दनीय तथा हिंसात्मक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि हदैसम्मको कानुनी कारवाहीको लागि माग गरेको छ।
केन्द्र द्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार पत्रकार माथि हुने जस्तो सुकै आक्रमण को हामी बिरोध गर्दछौ । राज्यको चौथो अगं मानिने पत्रकारिता जगत लाई मात्र नभै नागरिकहरुको स्वतन्त्र भएर वाँच्ने अधिकार पनि खोसिनु का साथै मानव अधिकारको घोर उल्लङघन भएको हाम्रो ठहर छ बिज्ञप्तीमा उल्लेख छ।
केन्द्रका महासचिव उमाकान्त पाण्डे गाउले द्वारा जारी गरेको एक प्रेस बिज्ञप्तीमा उल्लेख भए अनुसार राजनितिक दल वा अन्य अपराधिक समुहको समंक्षणमा पत्रकार माथि हुने यस्ता खालका घटनाको छानबिन गरी अपराधी माथि हदै सम्मको कारबाही गरी आउँदा दिनमा हुन सक्ने अन्य घटना को रोकथामका लागि समयमै पहल गरियोश बिज्ञप्तीमा उल्लेख छ। बिज्ञप्तीमा भनिए अनुसार देश वा बिदेश जहाँ भए पनि सत्य तथ्य घटनालाई पर्दाफास गरी पत्रकारले आफ्नो धर्म निभाउने क्रममा कोही कसैको बाधक बन्छ भने त्यसका लागि सबै कलमकर्मी एक जुट भएर लड्न तयार रहनु पर्ने भन्दै नेपाल सरकार लाई यस् घटनाको छानबिन गर्न अपिल गर्दछौ बिज्ञप्तीमा भनिएको छ।
प्रवासी नेपाली पत्रकार सन्जाल द्वारा सञ्चार जगतमाथि भएको आक्रमणको भर्त्सना
प्रवासी नेपाली पत्रकार सन्जाल ले समेत एक प्रेस बिज्ञप्ती जारी गरी पत्रकार माथि भएको आक्रमणको घोर निन्दा एवम भर्त्सना गरेको छ । प्रवासमा बसेर पनि पत्रकारितालाई आफ्नो अभिन्न अंगको रुपमा अगाडि बढाइरहेका नेपाली पत्रकारहरुको साझा सञ्जाल प्रवासी नेपाली पत्रकार सञ्जाल ENJN ले केही दिन अगाडि नागरिक तथा रिपब्लिका दैनिकका विराटनगर संवाददाता पत्रकार खिलानाथ ढकालमाथि भएको निन्दनीय आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको लागि सरकारसंग माग गरेको हो।
‘सत्यतथ्य तथा खोजमुलक समाचार प्रकाशन गरि समाजका कुरिति र विसगंतिको पर्दाफाँस गरेको आरोपमा नागरिक तथा रिपव्लिका दैनिकका विराटनगर स्थित संवाददाता खिलानाथ ढकाल माथि भएको निन्दनिय तथा हिंसात्मक आक्रमणले नेपाली स्वतन्त्र पत्रकारितामाथि कुठाराघात भएको महशुस गरिएको छ’सञ्जालका सचिव कुमार कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
राजनितिक अस्तित्व वोकेका तथा राजनितिक संरक्षण पाएका व्यक्तिहरुले नेपाली पत्रकारिता क्षेत्र र यसका सारथी पत्रकारहरु माथि वाराम्वार गरिरहने सांघातिक हमलाको श्रृङखलाले दिनानुदिन उग्ररुप लिईरहनु स्वतन्त्र पत्रकारिता माथि धावा वोलेको महशुस गरेका छौं बिज्ञप्तीमा भनिएको छ।
बिज्ञप्तीमा अगाडी भनिएको छ’यसरी पत्रकारमाथि भएको साँघातिक हमलाले नेपाली स्वतन्त्र पत्रकारिताको घाँटी त निमोठिएको छ नागरिकहरुको स्वतन्त्र भएर वाँच्ने अधिकार पनि खोसिनु का साथै मानव अधिकारको घोर उल्लङघन भएको हाम्रो ठहर छ।
नेपाल पत्रकार महासंघले पिडित पत्रकारका तर्फवाट घटनाको न्यायिक उपचारका लागि पहल गरिरहँदा पनि सरकार मौन वस्नु र दोषिलाई कार्वाहि नगरिनुले सरकारको लाचारीपन प्रष्ट भएको छ । घटनाका योजनाकार तथा संरक्षणकर्ताहरुले पुन धम्कि दिईरहँदा समेत पिडित पत्रकारका विषयमा कुनै पनि कदम नचालिनुले घटनालाई राजनितिक पार्टी र सरकारले पनि संरक्षण गरिरहेको प्रष्ट हुन्छ यो श्रमजिवी पत्रकार र स्वतन्त्र पत्रकारितामाथिको कुठाराघात बिज्ञप्तीमा उल्लेख छ।
घटनाको घोर निन्दा तथा भत्स्रना गर्दै यस निन्दनिय आक्रमणका दोषिहरुलाई सम्वन्धित निकायले चाँडो भन्दा चाँडो कार्वाहि गरि कानुनको दायरामा ल्याउन प्रवासी नेपाली पत्रकार संजाल हार्दिक अपिल गर्दछ । यसका लागि नेपाल पत्रकार महासंघले चाल्ने जुनसुकै कदममा हाम्रो ऐक्यवद्धता जनाउदछ ।
पत्रकार महासंघ यूएई शाखा द्वारा निन्दा
यसै बिच पत्रकार महासंघ यूएई शाखाद्वारा पत्रकार आक्रमणको निन्दा गरिएको छ । शाखाले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख भए अनुसार गत १९ जेष्ठ २०६८ मा नागरिक तथा रिपव्लिका दैनिकका विराटनगर संवाददाता खिलानाथ ढकालमाथि भएको निन्दनीय तथा हिंसात्मक आक्रमणको घोर भर्त्सना गर्दै दोषीमाथि हदैसम्मको कानुनी कारवाहीको नेपाल पत्रकार महासंघ यूएई शाखाले माग गरेको छ।
शाखा अध्यक्ष शकंर ज्ञवाली तथा सचिव अर्जुन दाहाल द्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा भनिएको छ गत १९ जेष्ठ २०६८ मा नागरिक तथा रिपव्लिका दैनिकका विराटनगरस्थित संवाददाता खिलानाथ ढकालमाथि भएको निन्दनीय तथा हिंसात्मक आक्रमणप्रति यस नेपाल पत्रकार महासंघको यूएई शाखाको ध्यानआकर्षण भएको छ । उक्त घटनाको घोर भर्सना गर्दै सम्बन्धित निकायलाई दोषीमाथि कडा कानुनी कारवाहीको माग गर्दछ ।
यो हमला एउटा पत्रकार माथिको मात्र नभई सम्पूर्ण पत्रकारिता क्षेत्रमा नै भएको र यसले पत्रकारहरूको प्रेश स्वन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै यस्ता घृणित र प्रेश स्वतन्त्रतामाथि नै हस्तक्षेप गरी पत्रकारहरूलाई डर र धम्कि दिदै नगरिकको सुसुचित हुने अधिकार कुन्ठित गर्ने कार्यको हामी सबैले भण्डाफोर गर्दै विश्व भरमा रहेका पत्रकारहरूमा ऐक्यवद्धताकोलागि समेत यो शाखा आव्हान गर्दछ बिज्ञप्तीमा उल्लेख छ।
साथै दमकममा नागरिक तथा रिपब्लिक दैनिक पत्रिका जलाएको घटनाले पत्रकार तथा यस सम्बन्धित पत्रिकाको उचित सुरक्षाको विषयमा झन चिन्ता बढेको छ,समाधानकालागि पनि सम्बन्धित निकायसंग यस यूएई शाखा हार्दिक अनुरोघ गर्दछ विज्ञप्तीमा थपिएको छ।
सत्यतथ्य तथा खोजमुलक समाचार प्रकाशन गरी समाजका कुरिति र विसगंतिको पर्दाफास गर्नु पत्रकारको कर्तव्य भएको र उनीहरूको मानवअधिकार, स्वतन्त्रताको हनन् गर्दै राज्यको चौथो अंगलाई सरकारको तर्फबाट विशेष सुरक्षाको माग गर्दै दोषी माथि कडा भन्दा कडा कारवाही होस भन्ने पत्रकार महासंघको आव्हानलाई समेत यो शाखा ऐक्यवद्धता जनाउंदछ भनिएको छ।