जनप्रगतीसिल मन्च यूएईले तिज कार्यक्रम गर्ने

– उमाकान्त पाण्डे “गाउले”  र श्याम परीयार 
यूएई डेस्क – नेपाली जन प्रगतिशील मंच यूएईको दुबईमा सम्पन्न बिशेष भेलाले बिगतमा जस्तै यस बर्ष पनि प्रवासमा रहेका नेपाली महिलाहरुको सम्मानमा बिशेष सास्कृतिक कार्यक्रम सहित बर दुबईमा तिजको कार्यक्रम भव्यरुपमा संम्पन्न गर्ने निर्णय गरेको छ|
नेपाली महिलाहरुकोलागि बिशेष ऐतिहासिक स्वतन्त्रताको बिगुल फुकेर सामाजिक अन्याय,बिकृति,अपमान र आम शोषणका बिरुद्दमा आवाज उठाउने शामन्ती शोषण बिरोधि महिला मुक्तिको सम्बाहक चाड को रुपमा परिचित सास्कृतिक महत्त्व बोकेको चाड हरितालिका तीज अगष्टको अन्त्यमा पर्ने भए पनि प्रवासको अनुकुलता र व्यापक सहभागिताको सवाललाई ध्यानमा राख्दै सो कार्यक्रमलाई सेप्टेम्बर २ शुक्रबारका दिन गर्ने निर्णय गरिएको हो।
 
सो कार्यक्रमलाई व्यवस्थित तरिकाले गर्न केहि समय पछि नै यूएई भरिको सम्पर्क र सहभागितालाई समेट्ने गरि बिशेष कार्यसमिति समेत गठन गरेर सार्बजनिक गर्ने निर्णय गरेको छ|
यधपी सम्पूर्ण प्रवाशीहरुको चाहनालाई बेलैमा सम्बोधन गर्ने गरि जानकारीकोलागि यो समाचारलाई सार्बजनिक गर्ने निर्णय गरिएको हो। 
स्मरण रहोस मंचले स्थापना काल देखि नै तीजको नियमित कार्यक्रम गर्दै  आइरहेको छ। सोही क्रममा गत बर्षको कार्यक्रम समेत बरदुबईमा भब्य रुपमा संम्पन्न गरेको थियो|
स्रोतले बताए अनुसार यूएईमा धेरै संघसस्था भएकोले बिशेष रुपमा मनाउने केही कार्यक्रम प्राय:एउटै दिनमा पर्न सक्ने भएकोले त्यस बाट बच्न समयमै यसरी तयारी तथा सम्पर्क समिती बिना नै कार्यक्रम आयोजना गर्न लागिएको खबर प्रकाश मा ल्याउनु मन्चको चलाखी अपनाएको हो।