चार बर्षे पदावधी टुङ्गनि बढीमा छ महिना रहेका एक दर्जनभन्दा बढी राजदूतहरुलाई समयमैं फिर्ता हुन र आफ्नो कार्यप्रगती विवरण स्पष्ट पार्न परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ ।
परराष्ट्रमा राजदूत नियुक्ती र चयन प्रकृयामा निश्चित पद्धती बसाल्न परराष्ट्र मन्त्री उपेन्द्र यादवको निर्देशनमा फिर्ती तयारीको पत्र पठाइएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईको उमेर आधारमा दुइ महिनापछि टुङ्गनिे सेवा अवधीका कारण भट्टराईलाई ब्रसेल्स वा जेनेभा नियोगमा नियुक्ती सिफारिश गरिने सम्भावना प्रबल छ । यस्तै, यसै महिना अवकाश पाउन लागेका सहसचिव हरिकुमार श्रेष्ठलाई पनि रिक्त राजदूत पदमध्ये उपयुक्तमा पठाइने भनी मन्त्री-सचिव तहमा छलफल भएको थियो ।
कार्यकाल टुङ्गनिे क्रममा रहेका राजदूतहरुमा गुणलक्ष्मी शर्मा विश्वकर्मा -याङ्गुन), कमल कोइराला-सियोल), डा.सूर्यनाथ मिश्र-कतार), टङ्क कार्की-बेइजिङ), प्रदीप खतिवडा-ढाका), गणेश योञ्जन-टोकियो), अर्जुनबहादुर थापा-आबुधावी), बैजनाथ थपलिया-तेलअविभ), सुर्यकिरण गुरुङ-मस्को), नवीनप्रकाश जंग शाह-बैंकक), दिनेश भट्टराई-जेनेभा) र प्रमेश हमाल-ब्रसेल्स) छन् । यस्तै, महाबाणिज्यदूतहरु ङइन्द्रप्रसाद उपाध्याय-ल्हासा) र सुरेशकुमार श्रेष्ठ-कोलकाता) पनि फिर्ने क्रममा छन् । साउदी अरेबियाको राजदूतमा एमाले कोटाका उदयराज पाण्डेको नाम एगि्रमोका लागि पठाइएको एक महिना हुनै लागेको छ । यस्तै भारतस्थित राजदूत रुक्म शमशेर राणालाई फिर्ता बोलाउने भनिएपनि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार मिलन तुलाधरले ‘अहिलेको राजनीतिक संक्रमण र असहज अवस्थामा फिर्ता बोलाउने निर्णय भैनसकेको’ बताए ।