युवासघंका अध्यक्ष बस्नेत लाई प्रकाउ गरेको घटना प्रती युवासघ यूएईको बीरोध

– उमाकान्त पाण्डे गाउंले 
यूएई डेस्क – एमालेको युवा दस्ता युवासघं नेपालका अध्यक्ष महेश बस्नेत लाई आज प्रहरीले पक्राउ गरेको घटना प्रती त्यसैको प्रवास कमीटी मातहतमा रहेको प्रवासी नेपाली युवा संघ यूएई ले घोर बिरोध एवम भर्त्सना गरेको छ। 
संघले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै युबा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पत्रकार कुटपिटमा संलग्न भनिएका पर्शुराम बस्नेत साच्चिकै दोशी भएको प्रमाण दिन सकेमा आफैले निजलाई प्रहरी समक्ष बुझाउने धारणा सार्बजनिक गर्दा गर्दै उक्त घटनालाई छनबिन गरि सो को सत्यतथ्य र यथार्थता बाहिर ल्याउनुको सट्टा जबरजस्ती युवा आवाजलाई दमन गर्ने सरकारी शक्तिको दुरुपयोग गरेको भन्दै बिरोध जनाएको छ। वीज्ञप्तीमा अगाडि भनिएको छ’ बस्नेतको पक्राउ प्रकारण हदै सम्मको गलत र निन्दनिय काम हो, आतंककारी मुक्त देश निर्माण गर्ने युवा संघ नेपालको पवित्र अभियानमा बद्नियत्पुर्ण तबरले धावा बोल्ने जो सुकैको यस प्रवासी नेपाली युवा संघ युएइ निरन्तर घोर बिरोध गर्दछ।
आतंककारी मुद्दा फिर्ता लिन,देशमा अस्थिरता बढाउन,देशका प्रमुख शक्तिहरुलाई एक आपसमा भिडाइ शान्ति बिथोल्न र युवा संघ तथा युथ फोर्सलाई निसाना बनाइ देशको सबै भन्दा ठुलो युवा सम्रचना र संगठन ध्वस्त पार्नको लागि नै माओवादीलाई गृह मन्त्रालय चाहिएको र त्यसैको लागि महिनौ सम्म दलहरु बीच लडाईं गरीरहेको तथ्य लाई यस घटनाले थप पुस्टी गरेको प्रवासी नेपाली युवा संघ यूएईका अध्यक्ष महेश गिरी द्वारा जारी गरिएको प्रेस वीज्ञप्तीमा भनिएको छ। 
यो सम्पूर्ण घटना माओवादीको सुनियोजित षड्यन्त्र र रणनितिक दाउपेचमा भएको भन्दै जान अन्जानमा सहयोग गरि मुलुकलाई मुठभेडको दिशामा धकेल्ने कार्यमा सहयोग नगरिदिनु हुनको लागि समग्र पत्रकारिता पेशामा संलग्न पत्रकारहरुलाई यस संघ अनुरोध गर्दछ वीज्ञप्तीमा उल्लेख छ।
सिधै गृह मन्त्रालयको निर्देशनमा भएको यस्तो मानबता बिरोधी,अभिब्यक्ती स्वतन्त्रता बिरोधी र संगठन बिरोधी कदमको यस प्रवासी नेपाली युवा संघ घोर भर्त्सना र निन्दा गर्दछ साथै यो त्रुतिपुर्ण कदम अबिलम्ब सच्याउनको लागि नेपाल सरकार समक्ष संघ जोडदार माग गर्दछ भनिएको छ।
प्रवासी नेपाली युवा संघ यूएईका अध्यक्ष महेश गिरी द्वारा जारी गरिएको प्रेस विज्ञप्तीको पूर्ण पाठ :
 
प्रेस बिज्ञप्ती
मिती १६ जुन २०११
 
युबा संघ नेपालका अध्यक्ष महेश बस्नेतले पत्रकार कुटपिटमा संलग्न भनिएका पर्शुराम बस्नेत साच्चिकै दोशी भएको प्रमाण दिन सकेमा आफैले निजलाई प्रहरी समक्ष बुझाउने धारणा सार्बजनिक गर्दा गर्दै उक्त घटनालाई छनबिन गरि सो को सत्यतथ्य र यथार्थता बाहिर ल्याउनुको सट्टा जबरजस्ती युवा आवाजलाई दमन गर्ने जुन सरकारी शक्तिको दुरुपयोग आजको दिनमा भयो त्यो हदै सम्मको गलत र निन्दनिय काम हो । आतन्ककारी मुक्त देश निर्माण गर्ने युवा संघ नेपालको पवित्र अभियानमा बद्नियत्पुर्ण तबरले धावा बोल्ने जो सुकैको यस प्रवासी नेपाली युवा संघ युएइ निरन्तर घोर बिरोध गर्दछ । 
आन्तन्ककारी मुद्दा फिर्ता लिन, देशमा अस्थिरता बढाउन , देशका प्रमुख शक्तिहरुलाई एक आपसमा भिडाइ शान्ति बिथोल्न र युवा संघ तथा युथ फोर्सलाई निसाना बनाइ देशको सबै भन्दा ठुलो युवा सम्रचना र संगठन ध्वस्त पार्नको लागि नै माओवादीलाई गृह मन्त्रालय चाहिएको र त्यसैको लागि महिनौ सम्म दलहरु बीच लडाईं जारी राखेको कुरा यस घटनाले पुस्टी गरेको छ । 
माओवादीको यस सुनियोजित षड्यन्त्र र रणनितिक दाउपेचमा जान अन्जानमा सहयोग गरि मुलुकलाई मुठभेडको दिशामा धकेल्ने कार्यमा सहयोग नगरिदिनु हुनको लागि समग्र पत्रकारिता पेशामा संलग्न पत्रकारहरुलाई यस संघ अनुरोध गर्दछ । 
सिधै गृह मन्त्रालयको निर्देशनमा भएको यस्तो मानबता बिरोधी , अभिब्यक्ती स्वतन्त्रता बिरोधी र संगठन बिरोधी कदमको यस प्रवासी नेपाली युवा संघ घोर भर्त्सना र निन्दा गर्दछ साथै यो त्रुतिपुर्ण कदम अबिलम्ब सच्याउनको लागि नेपाल सरकार समक्ष यस संघ जोडदार माग गर्दछ ।
    महेश गिरी
           अध्यक्ष 
   प्रवासी नेपाली संघ युएइ 
केन्द्रिय समिति