– कृष्ण खनाल
बुटवल २ असार । जंगलवाट ल्याएको बिषादी जडिबुटी खाँदा पाल्पाको गाठादिमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यहुनेमा गोठादी गाविस- ८ बस्ने ९ वर्ीय बोम बहादुर दर्लामी उनकी बहिनी ७ बषिया दिलमायाँ दर्लामी र ४ बषिया भाई दिप बहादुर दर्लामी को ज्यान गएको हो ।
जंगलवाट ल्याएको सर्पको मकै नामक विषाक्त जटिबुटी खाएर मृतकहरुकी आमा २५ बषिया ज्ञानीसरा दर्लामी गम्भीर बिरामी भएकी छन् । उनको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मंगलवार दिउँसो जङगलबाट ल्याएको सर्पको मकै नामको कन्दमुलको तरकारी खाँदा बिरामी परेका उनीहरुलाई उपचारका लागी जिल्ला सदरमुकाम तानसेनतर्फ ल्याउदै गर्दा आज विहान मृत्यु भएको हो ।