चितवन – मुग्लिन र कुरिनटार बीचमा गएको पहिरोका कारण अवरुद्ध सडक सूचारु
भएको छ । पहिरोका कारण शनिबार बिहान ५ बजेदेखि अवरुद्ध सडकको माटो हटाइएपछि यातायात
दोहोरो सूचारु भएको हो । निर्माणाधिन कच्ची सडकको माटो बगेर बिहान ५ बजेदेखि
यातायात अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार सडक विभागको डोजरले पहिरो हटाएपछि
यातायात सूचारु भएको हो ।



