डोल्पाको हिमालतर्फ यार्चागुम्बा टिप्न गएका तीन जनाको हिम पहिरोमा पुरिएर मृत्यु

जाजरकोट  – डोल्पाको हिमालतर्फ यार्चागुम्बा टिप्न गएका तीन जनाको हिम
पहिरोमा पुरिएर शुक्रबार मृत्यु भएको छ ।

जाजरकोट नायकबाडा गाविस वडा नं -२ का सिंगबहादुर सिंह, वडा नं – १ का पदमबहादुर
सिंह र रामीडाँडा गाविस-९ का अर्का नाम नखुलेका व्यक्तिको मृत्यु भएको हो । उनीहरु
तीनै जनाको डोल्पाको मालुवाचौर लेकमा यार्चा खोज्ने क्रममा हिम पहिरोमा पुरिएर
मृत्यु भएको स्थानीय बीरबहादुर शाहीले बताए ।

मृतकहरु २०६७ सालको प्रवेशिका परीक्षाका परीक्षार्थी भएको बताइएको छ । उनीहरु एक
महिना अघि यार्चा खोज्न हिमालतर्फ गएका हुन् ।

अन्य समाचारहरु