बेल्जियममा समावेशी समुहको परिचयात्मक तथा घोषणा सभाको कार्यक्रम सम्पन्न

बेल्जियम । २६ जुन २०११ मा हुन गैरहेको आर एन वेल्जियमको निर्वाचन सन्दर्भमा बेल्जियम बासी नेपालीहरुको जनप्रिय समावेशी समुहको उम्मेदवारहरुको एक वृहत घोषणा तथा परिचयात्मक कार्यक्रम भव्य रुपमा सम्पन्न छ ।

उक्त कार्यक्रम समावेशी समन्वय परिचालन समितिको आयोजनामा सो समितिका सदस्य संचालक कृष्ण तिवारीबाट उम्मेदवारहरुको नामावली घोषणा तथा नीति कार्यक्रमको घोषणा पत्र हलमा प्रस्तुत गर्नु भएको थियो ।उक्त घोषणा पत्र र नामावलीलाई हलबाट एकमतले अनुमोदन गर्दै निर्वाचनमा कसरी जाने भन्ने विषयमा सहभागीहरुको विचमा छलफल गरिएको थियो । सो कार्यक्रममा समावेशी समुहका उम्मेदवारहरु आइ सी सी का अर्जुन कुमार श्रेष्ठ, पुष्पराज अधिकारी तथा एन सी सी का अध्यक्ष गम बहादुर गुरुङ्घ, उपाध्यक्ष बोधराज पौडेल, महिला उपाध्यक्ष सुशिला पराजुली, महासचिव शिव कुमार बरुवाल, सचिब पवन सुवेदी र अन्य सदस्यहरुले आफ्नो परिचय, एन आर एन को भावी नीति तथा कार्यक्रमका सम्बन्धमा आप्mना विचार एवं प्रतिवद्धता जनाउनुभएको थियो ।

सोही समारोहमा नेपाली जनप्रगतिशील मंच वेल्जियमका अध्यक्ष सुरेन्द्र भुसाल, नेपाली लोकतान्त्रिक मंचका अध्यक्ष इन्द्र प्रसाद ओली र समावेशी समुहको निर्वाचन समन्वय समितिका तर्फबाट विष्णु भुजेलले बेल्जियमको एन आर एन को निर्वाचनलाई सर्वसहमतिका लागि गरिएका गंभिर पहलहरु हँुदाहुँदै पनि आम सहमति नबने पछि बेल्जियमबासी नेपालीको तर्फबाट समावेशी समुहको प्यानल खडा गरिएको र यसको विरुद्धमा केहि व्यक्ति स्वतन्त्रको हवाला दिने र केहि अमुक नामका संस्थाको नामबाट गरिएका पूर्व लिखित सहमति उल्लंघन गर्दै केटाकेटीपना ढंगले गलत प्रचारवादीमा अगाडि बढेको र यस्ता गतिविधिहरु र भ्रंममा नरहन समस्त बेल्जियमबासी नेपालीहरुमा अनुरोध गर्दै समावेशी समुहको प्यानललाई सहयोग र समर्थन गर्न आव्हान गर्नु भएको थियो । उक्त कार्यक्रम को अध्यक्षता तुलसी नाथ सुवेदीले गर्नु भएको थियो भने संचालन कृष्ण तिवारीले गर्नु भएको थियो ।