– उमाकान्त पाण्डे ‘गाउंले’
यूएई डेस्क – प्रवासी नेपाली युवा सघं यूएईले यस बर्षको दसैंको अवसरमा बिभिन्न सास्कृतिक तथा शुभकामना आदन प्रदान गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।
सघंले सन २०११ को सेप्टेम्बर ३० शुक्रबारका दिन हुने उत्त कार्यक्रमलाई ब्यबस्थित गर्नको लागि अहिले बाट नै गृहकार्य थालेको र बिभिन्न समीतीहरु बनाइ कार्य बिभाजन गरी कार्यक्रम लाई अनुशासित र सफल बनाउन लागि परेको जनाएको छ।
आफुहरुले कार्यक्रम गर्ने तय गरेको दिनमा अन्य संघसस्थाले कार्यक्रम नजुधाउन भनेर यसरी ३ महिना पहिले नै कार्यक्रमको मिती घोषणा गरेको संघले जनाएको छ।
कार्यक्रममा युवासघं नेपालका अध्यक्ष महेश बस्नेतलाई प्रमुख अतिथिको रुपमा निम्ताउने घोषणा समेत संघले गरेको छ।
सो सास्कृतिक कार्यक्रममा यूएईका स्थानीय कलाकार हरुका साथसाथै नेपाल बाट समेत कलाकारहरुको एक टोली नीम्ताउने ब्यबस्था मिलाएको जानकारी गराएको छ।