काठमाडौँमा २० वर्षकी युवतीले हाँकेको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ  – २० वर्षकी युवतीले हाँकेकी स्कुटरको ठक्करबाट कलङ्कीमा सोमबार पैदलयात्री वर्मा महर्जनको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका-१४ स्थित कलङ्कीको मास्टर मार्गमा बा३६प ७९१६ नंको स्कुटरले महर्जनलाई ठक्कर दिएर घाइते बनाएको थियो।

घाइते महर्जनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल कलङ्की पुर्‍याइएकोमा उपचारकै क्रममा राति १० बजे उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी निरीक्षक धर्मराज भण्डारीले बताए।

उहाँले दुर्घटनामा संलग्न स्कुटर र चालक सीतापाइलाकी २० वर्षीया इमासी पियालाई प्रहरी नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

-रासस

अन्य समाचारहरु