रुकुम – रुकुममा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको झुला
गाविस वडा नम्बर ५ निवासी ६६ वर्षीया नैने कामी र ५ वर्षीया बालिका भरी केसीको
मृत्यु भएको हो ।
झाडापखालाबाट बिरामी परेका दुवैको घरमै उपचार गर्दागर्दै मृत्यु भएको
स्थानीयवासी कपिल विकले जानकारी दिए । झुलामा अन्य पाँच जना झाडापखालाबाट बिरामी
परेका छन् ।
योसँगै यस वर्ष झाडापखालाबाट पाँच जनाको ज्यान गइसकेको छ । जिल्ला अस्पताल सल्ले
रुकुमले भने सोबारेमा आफूलाई केही जानकारी नआएको बताएको छ । रासस



