हिमाली भेगमा मात्रै पाइने दुलर्भ हिउँचितुवा मारेको अभियोगमा पक्राउ परेका तीन जनालाई पुर्वक्षका लागी कारागार चलान

– शिव शर्मा

कास्की  – हिमाली भेगमा मात्रै पाइने दुलर्भ हिउँचितुवा मारेको अभियोगमा
पक्राउ परेका तीन जनालाई पुर्वक्षका लागी जिल्ला कारागार चलान गरिएको छ ।

मुस्ताङको मार्फास्थित प्याराडाइज गेष्ट हाउसका संचालक श्याम लालचन र उनका
चोरीगोठमा काम गर्ने मजदुर कुलमान घले, कान्छाबीर गुरुङलाई राष्ट्रिय निकुञ्ज
तथा वन्यजन्तु संरक्षण विभाग एक्याप सम्पर्क अधिकारीको कार्यालयका सम्पर्क
अधिकारी कमलजंग कुवरको शुक्रबारको इजलासले उनिहरुलाई कारागार पठाउने फैसला गरेको
हो ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम पुर्वपक्षका
लागी जिल्ला कारागार पठाइएको एक्याप सम्पर्क अधिकारीको कार्यालयका सहायक सम्पर्क
अधिकारी सरोजमणि पौडेलले जानकारी दिए ।

गत १४ गते मार्फाबाट हिउचितुवाको छाला संगै लालचन सहितका कामदार पक्राउ परेका
थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङ र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण
विभागको पहलमा छाला र मृत चितुवाको शरीरको अंग प्रहरीले उनिहरुबाट बरामद गरेको
हो । मार्फाबाट आठ घण्टाको दुरीमा रहेको चौरीखर्क लेकमा तीन वटा हिउचितुवा मृत फेला
परेको थियो।   

अन्य समाचारहरु