पाल्पा आगली पीडितलाई यूएई बाट जिन्सी नगद सहयोग

– उमाकान्त पाण्डे गाउंले 
यूएई डेस्क- २६ जुन – दुबइ- संयूक्त अरव इमिरेट्स(युएई)मा कार्यरत नेपालीहरुको माउ सस्था नेपाली समाज यूएईले पाल्पाको सहलकोट, पुरन्थरका आगलागी पीडितलाई सहयोग गरेको छ। 
बिभिन्न पेशा तथा ब्यबसायमा आबद्द भई यूएईमा कार्यरत नेपाली हरुको छाता सस्था नेपाली समाज यूएई आबुधाबी क्षेत्रीय समितीले नगद करीब  ९१ हजार ५ सय तथा नागरिक सेवा समाज यूएईले सकंलन गरेको ५ सय केजी लत्ताकपडा  एक मुस्ट रुपमा सहयोग गरिएको हो। 
नागरिक सेवा समाज संयूक्त अरव इमिरेट्सका ईकाई समिति संयोजक हिरालाल श्रेष्ठको अगुवाई, समितिका सस्थापक अध्यक्ष चन्द्र रोकाह, जिन्सी सामान सकंलन सम्योजक अर्जुन दाहाल एवम नेपाली समाज आबुधाबी क्षेत्रिय समिती र नागरिक सेवा समाज यूएई, तथा यहाँ कार्यरत नेपालीहरुबाट आगलागी पीडितका लागि राहत संकलन गरिएको नगद तथा जिन्सी सहयोग लाई काठमाण्डौ गोंगबुस्थित नागरिक सेवा समिति मार्फत् आगलागी पिडितका तर्फवाट टेकबहादुर पुलामी र भागीराम पुलामीलाई  हस्तान्तरण गरिएको हो।
नेपाली समाज आबुधाबी क्षेत्रीय समिती र आगलागी पीडितको निवेदक सहयोगी शेर बहादुर रानाको सकृयतामा सकलन गरिएको करीब एक लाख नेपाली रुपैया नेपाली राजदुतावास आबुधाबी मार्फत पीडितका प्रतिनिधि राना लाई हस्तानरण गरिएको समितिका अध्यक्ष सुर्य गिरिले जानकारी दिएका छन। 
यूएईमा सकंलन गरि पठाइएको नगद तथा जिन्सी समान स्थानीय प्रशासनको मातहतमा हस्तान्तरण गरिएको र राहत लिन पीडित हरु सहलकोटबाट पाल्पाको आर्यभन्ज्याङ्ग सम्म आएका थिए।
स्थानीय  प्रहरी चौकी इन्चार्ज खेमबहादुर खत्री, सामुदायिक सेवा केन्द्र अध्यक्ष रविन्द्र भटराई, सल्लाहाकार मोहन थापा, नागरिक सेवा समिति केन्द्रिय उपाध्यक्ष सुरेश शर्मा,महासचिव धु्रव कुंवरले आगलागी पिडितका लागि राहत संकलन गर्ने सक्रियता देखाएकोमा यूएई बासी सम्पूर्णलाई    धन्यवाद ज्ञापन गरेका थिए भने आगलागी पीडितहरु राहत प्राप्त गरे पछी खुसी भएको प्रतिकृया दिए। 
गत चैतको अन्तिम साता सहलकोट, पुरन्थरमा भएको आगलागीमा २५ घरपरिवारका २८ घरगोठ जलेका थिए । आगलागीबाट १ करोड १७ लाख ७० हजार बराबरको क्षति भएको थियो ।
यसै बिच नागरिक सेवा समिती यूएईले एक प्रेस बिज्ञप्ती प्रकाशन गरी राहत जुटाउन सहयोग गर्ने सम्पूर्ण लाई धन्यवाद प्रकट गरेको छ भने भबिश्यमा पनि परी आउने आपतबिपतमा एक भएर यस्तै सहयोगी कार्यमा हातेमालो गर्न यहाँ कारयरत सम्पूर्ण लाई अनुरोध गरेको छ।
प्रस्तुत छ प्रेस बिज्ञप्तीको पूर्ण अंश
 
नागरिक सेवा समाज यर्ूर्एइ

                                                                                      प्रेस विज्ञप्ति
“परोपकार नै मानव र्घम” 
गत २०६७ साल चैत्र २४ गते बिहिबार पाल्पाको पर्ूर्वी गाउँ सलहकोट २ पुरनथरमा भीषण आगलागि भई २३ घरगोठ जलेको थियो । नागरिक सेवा समाज यर्ूर्एइले पाल्पा आगलागि पीडितलाई उद्दार गर्ने उद्देश्यले पीडित परिवारका सदस्यलाई लत्ताकपडा तथा नगद राहत हस्तान्तरण गर्न सफल भएको छ । गत २०६८ साल असार ४ गते केन्द्रीय अध्यक्ष सुरेसराज शर्मा र पदाधिकारीहरू श्रीध्रुब कुँवर, श्रीमति चन्द्रकला श्रेष्ठ, श्रीमति अम्बिका जीसी र रूपलाल गुरुङले आर्यभञ्ज्याङ प्रहरी चौकी इन्चार्ज खेमबहादुर खत्री, सामुदायिक सेवा केन्द्र अध्यक्ष रबिन्द्र भट्टर्राई, सल्लाहकार मोहन थापाको रोहबरमा पीडितहरूका प्रतिनिधि भागीराम पुलामी र टेकबहादुर पुलामीलाई २२० किलो लत्ताकपडाका साथमा नेपाली रुपैयाँ ९१,५०० -एकानब्बे हजार पाँचसय ) नगद सहित हस्तान्तरण गरिएको छ । उक्त सहयोग रकम नागरिक सेवा समाज यर्ूर्एइ र नेपाली समाज अबुधाबी क्षेत्रीय समिति र पीडित परिवारका सदस्य शेरबहादुर राना र श्रीमति मोती र्राईको सक्रिय पहलमा संकलन गर्न सफल भएको थियो ।
“परोपकार नै मानव र्घम” यस मुल मन्त्रलाई आत्मसाथ गर्दै पाल्पा आगलागि पीडितका लागिलत्ताकपडा सहयोग संकलन कार्यमा सक्रियरुपमा सघाउनु हुने नागरिक सेवा समाज यर्ूर्एइका सल्लाहकार चन्द्रबहादुर रोकाहा र श्रीमति अर्चना बस्नेतलाई धन्यवाद दिन चाहन्छौं । साथै समितिका सदस्य हेम र्राई, अलऐन क्षेत्रीय समतिका अध्यक्ष धर्मराज सुबेदी, समितिका पदाधिकारी र अलऐन प्रहरी तथा अबुधाबी प्रहरीमा कार्यरत साथिहरूलाई पनि धन्दयवाद दिइन्छ ।  लत्ताकपडा सहयोग उपलब्ध गर्राई सहयोग गर्नुहुने प्रेम दाहाल, रमेश गिरी, मनबहादुर श्रेष्ठ, मुक्ति र्राई, गिरधारी रिजाल, तुलसी अधिकारी, लाई पनि सेवा समाज धन्यवाद दिन चाहन्छ । संकलन गरेको लत्ताकपडा नेपाल पठाउन सहयोग गर्नु हुने एकेन्द्र थापा, मनोज श्रेष्ठ, रुपलाल गुरुङ, सुकराम गुरुङ, सरोज श्रेष्ठलगाएतका साथीहरूमा संस्था पर्ूण्ा आभारी रहेको व्यक्त गर्दछ । सरकारी निकायसँग परामर्श गरी सहयोग गर्नुहुने श्री रत्नघाहा मगरलाई कृतज्ञता व्यक्त गर्न चाहन्छौ भने उद्दारका निम्ती नगद संकलन गर्न सक्रिय भुमिका निर्वाह गर्नुहुने नागरिक सेवा समाज यर्ूर्एइका महासचिव एवं नेपाली समाज अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष र्सर्ुय गिरी, पीडित परिवारका सदस्य शेरबहादुर राना र श्रीमति मोती र्राईलाई विशेष धन्यवाद दिन चाहन्छौं ।
आगलागिबाट पीडित परिवारकालागि उद्दार गर्ने उद्देश्यले नागरिक सेवा समाज यर्ूर्एइले पाल्पा आगलागि पीडित उद्दारकार्यको संयोजन गर्न दिएको जिम्मेवारी सफलता पर्ूवक सम्पन्न गर्न सहयोग गर्नुहुने यस समाजका कार्यसमितिका सदस्यहरू लगाएत विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने समाजका अग्रजहरूलाई धन्यवाद दिन चाहन्छु ।
अर्जुन दाहाल
संयोजक 
पाल्पा आगलागि पीडित उद्दार
नागरिक सेवा समाज यर्ूर्एइ