जे.पाण्डे
नेपालगन्ज – पुनरावेदन अदालत नेपालगञ्जले आफ्नै छात्रालाई बलत्कार गरेको अभियोग प्रमाणित भएपछि एक
जना शिक्षकलाई १० वर्ष जेल सजाय तोकेको छ ।
छात्रालाई बलत्कार पछि सिडि बनाएर ब्ल्याकमेल गर्दै आएका बाँके महादेवपुरी
ढकेरीका शिक्षक जिवच्छ प्रसाद यादवलाई अदालतले १० वर्ष कैद र ५० हजार रुपैयाँ
जरिवाना सजाय सुनाएको हो ।
गणेश मावि ढकेरीका शिक्षक यादवलाई सोही घटनामा जिल्ला अदालतले दुई वर्ष अघि सफाई
दिएको थियो । छात्राले २०६५ वैशाखमा आफुलाई शिक्षकले बलत्कार गरी त्यसको सिडी बनाई
ब्ल्याकमेल गरेको भन्दै जिल्ला अदालतमा उजुरी दिएकी थिइन् ।
पुनरावेदन अदालतका मुख्य न्यायधीस रमेश प्रसाद पोख्रेल र न्यायाधिस रत्न वहादुर
वागचन्दको संयुक्त इजलासले आइतवार सजाय सुनाएको हो । अदालतले जरिवानाको ५० हजार
रुपैयाँवाट पीडितलाई ५० प्रतिशत क्षतिपुर्ती दिने निर्णय सुनाएको छ ।
शिक्षकले छात्रालाई घटना बाहिर ल्याए सिडी सार्वजनिक गर्ने धम्कि दिई ब्ल्याकमेल
गरेका थिए । पीडितका तर्फवाट अधिवक्ता शुनिल कुमार श्रेष्ठले पुनरावेदन अदालतमा वहस
पैरवी गरेका थिए ।



