सस्थाका उपाध्यक्ष बिस्णु पाख्रिनको स्वागत मनतब्य रहेको उक्त कार्यक्रमलाई सस्थाको महासचिब रिता गुरुङले सञ्चालन गरेकि थिईन।
शुभ कामना दिनेहरुमा सबै सस्थाहरु रहेका थिए भने शुभ कामनाको क्रममा बृटिस गोर्खा भुपु सैनिकका अध्यक्ष हेम प्रताप गुरुङले आफ्नो सस्थाले विगतमा १० बुदा असहमत लिखितरुपमा महासंघलाई पेश गरेको तेस बारेमा केहि जानकारि नदिएकोले महासंघबाट बाहिरिएको जानकारि दिदै भुपुहरुको हंगकंगमा ९६% उपस्तिति रहेको पृष्ठभुमिलाई ख्याल गर्दै यदि यो कार्य समितिले ति मागहरुमा पुर्बिचार गरे आफ्नो सस्था फेरि पनि महासंघसंग सहकार्य गर्न ईच्छुक रहेको जानकारि गराउनु भयो।
यस्को लागि बल महासंघको कोटमा रहेको जनाउनु भयो।यसै गरि आदिवासी महासंघ हंगकंगका अध्यक्ष एमबि थापामगरले नेपालीहरुमा युनिटिहुनुको कुनै विकल्प छैन।सके महासंघ अन्तर्गत नभए पनि कुनै अन्यरुपमा भए पनि एकता भयर मात्र अघि बढनु पर्ने आफ्नो अनुभब सुनाएका थिए।प्रमुख अतिथि नेपाली महाबाणिज्यदुत विनोद कुमार उपाध्यायले महासंघले अभिभाबकिए रोल खेलि रहेकोमा कुनै दुबिधा नरहेको जस्तै दिन बहादुर लिम्बु हत्या काण्ड, जापानलाई सहयोग वा हंगकंगमा नेपाली साहित्य आदिमा गरेको कार्यले प्रुष्टि गरेको छ तर पनि अझै साच्चिकै महासंघ खुला रुपमा अगाडि बढनु पर्ने बताएका थिए।
कार्यक्रमलाई अन्त गर्दै अध्यक्ष प्रदिप थापामगरले उपस्थित सबैलाई धन्यबाद दिदै बन्द सत्रमा धेरै गहकिला निर्णयहरु गरिने पनि जानकारि गराएका थिए। – राज अधिकारी – हङ्कङ



