एनआरएन एनसीसी ओमानमा डि.बी क्षेत्री चुनिए

यूएई डेस्क – गत हप्ता ओमानको राजधानी मस्कटमा सम्पन्न एनआरएन एन सी सी ओमानको तेश्रो अधिबेसनले सर्वसम्मतबाट अध्यक्षमा डि.बी क्षेत्रीलाई निर्वाचित गरेको छ ।


अन्य पदाधिकारीहरुमा उपाध्यक्ष योगन्द्र कुमार श्रेष्ठ -दिपक श्रेष्ठ) महासचिवमा सुरज मास्के, सचिव दिपक खड्का, कोषाध्यक्ष ईश्वर कुमार खत्री र सह कोषाध्यक्ष दिनानाथ अधिकरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजेश र्वाबा, चक्र कडरीया, अमृत खनाल, बावुराम अर्याला, लक्ष्मण काराखेती, सुर्य बहादुर कुमाल, श्रृष्मा भण्डारी श्रेष्ठ, सोमनाथ बजगाई रहेका छन् भने १९ जना मध्ये १५ जना प्रत्क्ष निर्वाचन र बााकी ४ जना मनोनित गरिने निर्वाचन समितिले जनाएको छ ।


एनआरएन आई सी सीका कोषाध्यक्ष रामेश्वर शाहको प्रमूख आथित्य तथा निवर्तमान अध्यक्ष टिका ढकालको सभापतित्वमा  सम्पन्न उक्त अबिधेसनमा प्रमुख अथिति शाहले खाडीमा कामदारको सुरक्षा र अधिकारकोलागि एकबद्ध भएर अगाडी बढ्नु पर्ने जोड दिए । नव निर्वाचित अध्यक्ष डि.बी क्षेत्रिले एनआरएन एन सी सीको २ बर्षको कार्यतालिका प्रस्तुत गरेका थिए ।


ओमानमा नेपाली दूतावास नभएको हुनाले नेपाली कामदारहरुको भैपरि आउने समस्याको समाधानकोलागि उद्धारा कोषको स्थापना गर्न प्रमुख अथिति शाहले ५ सय डलर दिने घोषणा गरे भने उक्त कार्यक्रममा निर्वाचित समितिका तर्फबाट ५ सय डलर, भोला कठायतले एक सय डलर, ईश्वर रेग्मीले एक सय डलर तथा ईश्वर बस्नेतले ५० डलर प्रदान गरेका थिए ।


हाल सम्म यस क्षेत्रमा निर्वाचित मुलुकहरुमा देखिएको सर्वसम्मतको लहरले कतार, युएई लगायतका देशहरुमा समेत सर्वसम्मत हुन सकेमा यसले सकारात्मक संदेश जाने देखिन्छ।