बीपी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु

सिन्धुली  – बीपी राजमार्गको भद्रकाली चियावारी नजिकै बुधबार राति भएको
मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ् । चियाबारीबाट सदरमुकामतर्फ आउदै
गर्दा स२प ३२९४ नं मोटसाइकल दुर्घटनामा परि चालक लाम्पान्टार गाविस ५ का ३४ वर्षीय
चक्रबहादुर कार्कीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार अर्का घाइते खोलागाउँका रामकुमार कार्कीको जिल्ला अस्पतालमा
उपचार भैरहेको छ । घाइते कार्कीले अहिले बिहान होस खुलेर खबर गरेपछि घट्ना पत्ता
लागेको थियो । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य समाचारहरु