काठमाडौको सामाखुसीमा इनारमा डुबेर दुईजनाको मृत्यु

काठमाडौ  – राजधानी काठमाडौको सामाखुसी स्थित कपुरधारामा बिहीबार बिहान इनारमा
डुबेर दुईजनाको मृत्यु भएको छ । कपुरधारामा रहेको सुरेन्द्र जोशीको इनार सफा गर्ने
क्रममा जितबहादुर तामाङ र भारतीय नागरिक सन्तोष सेठ्ठीको मृत्यु भएको महानगरीय
प्रहरी प्रभाग सोह्रखुट्टेले जनाएको छ ।

इनारमा अक्सिजनको मात्र कम भएकाले उनीहरु दुवैको मृत्यु भएको प्रहरीले अनुमान
गरेको छ । दुवैजनाको शव प्रहरी, स्थानीय वासी र उद्धारसमूहको संयुक्त प्रयासमा
निकालिएको छ ।

अन्य समाचारहरु