– कृष्ण खनाल
बुटवल १६ असार । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडक -खण्डमा पर्ने सिसुवामा ढुङ्गे पहिरो खस्दा मोटरसाईलमा सवार एक जना गम्भीर घाईते भएका छन । घाईते हुनेमा रुपन्देहीको मधलीया गाविस -७ बस्ने धर्म प्रसाद भण्डारी रहेका छन । बुटवल बाट पाल्पा तर्फ जादै गर्दा आज अपराह्न्न करिव ५ः३० बजेतिर पाल्पाको मस्याम-४ सिसुवा मा सडक माथिबाट खसेको ढुङ्गे पहिरोले च्याप्दा उनी गम्भीर घाईते भएका हुन ।
लु ५ प १२७ नम्बरको मोटरसाईकलमा सवार घाईते भण्डारीको हाल लुम्बिनी अाचल अस्पताल बुटवलमा उपचार भईरहेको छ । घाईते भण्डारीको अवस्था चिन्ताजनक रहेको अस्पालले जनाएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा – बुटवल सडकखण्डमा पहिरो जाँदा विगतमा पनी दर्जनौ व्यक्तिहरुको ज्यान जाने गरेको छ भने यातायात समेत अवरद्ध हुने गरेको छ ।



