तनहुँमा वर्षापछि आएको बाढीले बगाएर एक बृद्धासहित तीन जनाको मृत्यु

तनहुँ  – तनहुँ  जिल्लामा वर्षापछि आएको बाढीले बगाएर शुक्रबार एक बृद्धासहित
तीन जनाको मृत्यु भएको छ ।

रिसिङ रानीपोखरी ४ चिसापानीका ४४ वर्षीय हरिकुमार श्रेष्ठ र १४ वर्षीय वालिका
गीता श्रेष्ठ चिसापानी खोलाले बगाएर मृत्यु भएको छ । प्रहरीका अनुसार १६ वर्षीय
दीपेन्द्र श्रेष्ठ बेपत्ता भएका छन् ।

यसैगरी खल्दी खोलाले बगाएर बन्दिपुर ८ की ७८ वर्षीय केशमाया भट्टराईको मृत्यु
भएको छ । उनको शव स्थानीय स्वास्थ्य चौकीमा पोस्टमार्टमका लागि राखिएको छ ।

यसैबीच पहिरोले पुरेर अरुणोदय गाविसमा दुई दर्जन चौपाया मरेका छन् ।

अन्य समाचारहरु