रत्तिम सास्कृतिक अभियान यूएई गठन/छिट्टै रत्तिम भिडियो सार्वजनिक गर्ने

– उमाकान्त पाण्डे ‘गाउंले’



यूएई डेस्क – यूएई नेपाली एकता समाजको मातहतमा रहने गरी रत्तिम सास्कृतिक अभियान समिती गठन भएको छ। गत शुक्रबार दुबइमा समाजका केन्द्रिय अध्यक्ष मानबहादुर थापा एवम केन्द्रिय प्रतिनिधि शिबराज जैसीको उपस्थितीमा सम्पन्न समाजको एक बिशेष भेलाले सो अभियान समिती गठन गरेको हो।

रत्तिमका ख्याती प्राप्त न्रित्यकार एवम कलाकार डम्मर भण्डारीको अध्यक्षतामा गठित समितीमा कलाकार सुर्य केसी उपाध्यक्ष, चिरन केसी महासचिव, चुमान काउछा कोषाध्यक्ष, रहेका छन भने सदस्यहरुमा बिष्णु प्रशाद आचार्य,तुल्सा थापा,जुना पछाइ,टिका पुन,र साबीत्री मसी,सहित एक सदस्य पछी नियुत्त गर्ने गरी यम बहादुर पुन सल्लाहकार रहने गरी समिती निर्माण गरिएको हो।


गठित सो अभीयान समितीले प्रवासमा बस्ने सम्पूर्ण नेपालीका दु:ख ब्यथामा आधारित एवम आम मजदुर-सर्वहारा नेपाली वर्गको पक्षलाई समेट्ने गरी एक गिती एल्बम भिडियो सार्वजनिक गर्ने भएको छ। लोक एवम जन गायकको पहिचान कमाई सकेका चुमान काउछाको सम्योजकत्वमा एल्बम तयारी समिती समेत बनाइ काम अगाडि बढाउने भएको हो।सो तयारी समितीका सदस्यहरुमा शिव राज जैसी,मान बहादुर थापा,चिरन केसी,सुर्य केसी र डम्बर प्रशाद भण्डारी रहेका छन।एलब्मका लागि आबश्यक आर्थिक सम्बन्धीको जिम्मा लोक एवम जनगायक चुमान काउछा,मान बहादुर थापा र शिव राज जैसी लाई दिइएको छ।


सर्वहारा नेपालीको पक्षमा रचिएका शब्द हरुलाई जन गायकका स्वरमा सजाएर अभिनय सहीत प्रस्तुत गरिने भिडियो लाई बिदेशमा रहेका सम्पूर्ण नेपालीको हात सम्म पुराउनका लागि अन्तराष्ट्रिय नेपाली एकता समाज सँग समन्वयब गरी कार्य गरिने समाजका अन्तराष्ट्रिय उपाध्यक्ष मान बहादुर थापाले जानकारी दिएका छन। 


स्मरण रहोश यस् अघी जनसास्कृतिक परिवार यूएईको नाममा रहेको समितीलाई पुन:नामाकरण गरी रत्तिम सास्कृतिक अभियान समिती नाम दिइएको हो।