आबुधाबीमा नेपाली ट्राभल एजेन्सी सन्चालनमा

उमाकान्त पाण्डे ‘गाउंले’


यूएई डेस्क -जुलाई ४ आबुधाबी – सम्युत्त अरब एमिरेट्स (यूएई)को राजधानी आबुधाबीमा नेपालीको ट्राभल एजेन्सी सन्चालनमा आएको छ।नेपालीको पूर्ण लगानीमा यूएईमै पहिलो पटक सन्चालन गरिएको भनिएको ग्रिन लाइन नामक ट्राभल एजेन्सीले आफ्नो ब्यवसाय गत शुक्रबार देखी सुरु गरेको हो। आबुधाबीको हमदान स्ट्रिट ग्रीन हाउस नजिकै कार्यालय भएको ग्रीन लाइनले गत शुक्रबार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा आफ्नो ब्यवसाय सुरु गरेको हो।


नेपालीको लगानीमा सन्चालनमा ल्याएको सो ब्यबसायको सम्युत्त अरब एमिरेट्स यूएईका उपनियोग प्रमुख दिपक अधिकारिले रिबन काटेर उद्घघाटन गरे ।


यसै ब्यवसायमा लामो समय देखी अन्य मुलुकका नागरिकको स्वामित्वमा साझेदारी गर्दै ट्राभल ब्यवसायमा गरिरहेका सर्लाहीका बालकृष्ण खड्का, र धादिङका ठाकुर प्रशाद ढुङ्गानाले सम्युत्त रुपमा लगानी गरी ब्यवसाय सगैं नेपालीको सेवाको लागि भन्दै ट्राभल सन्चालनमा ल्याएका हुन। यी द्वयको नेपालमा एवल ट्राभल एण्ड टुरिसम नामक ट्राभल ब्यवसाय समेत सन्चालनमा रहेको छ।


ब्यवसाय सन्चालन गरेको खबर यूएईमा कार्यरत सम्पूर्ण नेपालीमाझ पुराउने उद्देश्यले यहाँ स्थित बिभिन्न संघसस्थाका प्रतिनिधिको बिशेष आतिथ्यता, यूएईका लागि नेपाली राजदुतावास आबुधाबिका उपनियोग प्रमुख दिपक अधिकारिको प्रमुख आतिथ्यता, ब्यबसायी बालकृष्ण खड्काको शभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन पत्रकार उमाकान्त पाण्डे ‘गाउंले’ ले गरेका थिए। कार्यक्रममा यहाँस्थित नेपाली पत्रकार एवम दर्जन बढी संघसस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो।


कार्यक्रममा नेपाली आदीवासी जनजाती महासंघका अध्यक्ष भुवन राइ, एनआरएन यूएईका उपाध्यक्ष चन्द्र रोकाह, पत्रकार जेपी सापकोटा,जनसंपर्क समितिक सभापति चित्र केसी, सर्वदा वाङगमय अध्यक्ष एवम प्रवासी संघका सगंठन बिभाग प्रमुख लक्षमण सापकोटा, प्रवासी नेपाली युवासंघका अध्यक्ष महेश गिरी, नागरिक सेवा समितीका अध्यक्ष हिरालाल श्रेष्ठ, प्रवासी नेपाली संघ महिला बिभाग प्रमुख मोती राइ , ब्यबसायी ठाकुर ढुङ्गाना,एवम दुतावास उपनियोग प्रमुख दिपक अधिकारी लगायतले बोलेका थिए।


कार्यक्रममा बोल्ने अधिकाशं वत्ताले ब्यबसायलाई फाईदाको रुपमा मात्र नभै सेवा मुलक रुपमा अघी बढाउन र नेपालीको प्रती समर्पित भई सहयोग पुराउन आग्रह गरेका थिए। बोल्ने वत्ताले आफु र आफ्नो सस्थाले नेपाली ब्यवसायलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत ब्यत्त गरेका थिए।