कृष्ण खनाल
बुटवल १९ असार । रुपन्देहीको भैरहवा स्थित जिल्ला मालपोत कार्यालयमा बम विस्फोट भएको छ ।
साझको करिव ७ बजे को समयमा विस्फोट भएका हॊ । जिल्ला मालपोत कार्यालय को मुख्य प्रबेशद्धारमा भित्र राखिएको टाईम बम विस्फोट भएको हो । बम कस्ले राखेको हो भन्ने बारेमा नखुलेको र बम बिस्फोटबाट के कती क्षती भयो भन्ने बारेमा विवरण समेत नआएको जिल्ला प्रहरी कार्यालय का प्रमुख रबिन्द्रनाथ रेग्मीले जनाकारी दिए ।
हाटवजार लागीरहेको समयमा बम रहेको हल्ला चलेपछी बजारमा किनमेल गर्न आएका आएका सर्वसाधरण आतकींत भएका थिए । भने मालपोत कार्यालय अगाडी रहेका सम्पुर्ण फुटपाथका पसलहरु हटाइएको थियो । नेपाली सेनाको बम डिस्फोजल टाली ले खोजतलास गर्दा गर्दे उक्त बम विस्फोट भएको हो ।



