नेपाली मगर संघ यूएईको छैठौं महाअधिवेशन २६ अगस्टमा हुने

– लालबहादुर ढेंगा, दुबइ,


यूएई डेस्क – यूएईस्थित रहेका सम्पूर्ण मगरहरुलाई एकजुट गरि परिआएको समस्याहरुको समाधान गर्नुका साथै मगर जातिको उत्थान गर्ने हेतुले २००५ मा विधिवत रुपमा स्थापना गरिएको “नेपाली मगर संघ यूएई’ को छैठौं महाअधिवेशन आगामी आउने २६ अगस्त २०११ शुक्रबारका दिन दुबईको  एभरेष्ट होटलमा सम्पन्न हुने भएको छ ।


सो निर्णय गत १ जुलाई २०११ का दिन दुबइस्थित  नेपाली रेष्टुरेण्टमा अध्यक्ष गिरमान थापाको अध्यक्षतामा बसेको केन्द्रीय बैठकले गरेको हो । यस छैठौं महाधिवेशनलाई भव्य रुपमा सफल पार्नको लागि यहाँ रहेका सम्पूर्ण मगरहरुलाई संघका केन्द्रीय महासचिव नुनप्रसाद सोमैले आग्रह समेत गर्नुभएको छ ।


विगतदेखि नै नेपाली मगर संघ यर्ुर्एइले प्रवासी नेपालीहरुप्रति परिआएको विभिन्न समस्याहरुको समाधानदेखि लिएर धेरै उद्धारहरु समेत गरेको छ भने प्रवासमा आफ्नो कला र संस्कृतिलाई चिनाउनमा पनि ठूलो भूमिका खेलेको छ । यसै समाचारलाई आधार मानी यर्ुर्एइमा रहेका मगरहरुलाई महाअधिवेशनमा भेला हुन समेत आग्रह गरेको छ।