कोठामा टेलिभिजन हेर्नेक्रममा मंगलबार साँझ करेन्ट लागेका बडागाउँ-६ धरमपानीका ५६ वर्षीय विष्णुप्रसाद घिमिरेको बुधबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय अर्जुन घिमिरेका अनुसार टेलिभिजन हेर्नका लागि स्वीच अन गर्दा विष्णुप्रसादलाई करेन्ट लागेको थियो । साँझदेखि नै बेहोस उनको बुधबार विहान मृत्यु भएको थियो ।



