अवैधरुपमा नेपाल भित्रिएको भारतको टाटा कम्पनीको उत्पादित नानोकार विराटनगर भन्सारद्वारा जफत


 

विराटनगर – अवैधरुपमा नेपाल भित्रिएको भारतको टाटा कम्पनीद्वारा उत्पादित नानोकार विराटनगर भन्सार कार्यालयले जफत गरेको छ । भारतमा करसहित एक लाख २५ हजार भारतीय मूल्य पर्ने सो कार नेपालमा करिब रु आठ लाख मुल्य पर्ने बताइएको छ।

भन्सार कार्यालय प्रमुख विनोदबहादुर कुँवरका अनुसार भन्सारको आवश्यक राजस्व नतिरेको र आवश्यक कागजात प्रक्रिया पुरा नगरेकाले सो कार जफत गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले विराटनगर- इटहरी सडकखण्डमा जाँचको क्रममा बरामद गरी बुझाएको बुझिएको छ।

काठमाडौँलगायत नेपालका केही सहरमा नानोकार बिक्री वितरण सुरु भएको एक महिना नबित्दै सो बरामद गरिएको हो। रासस

 

अन्य समाचारहरु