चितवनको नारायणी नदीमाथिको पुलबाट महिला – पुरुषले हाम फाले

रत्ननगर, चितवन   – चितवनको नारायणी नदीमाथिको पुलबाट गएराति एक महिला र
एक पुरुषले हाम फालेका छन् ।

हाम फालेका मध्ये पुरुष जीवितै फेला परेका छन् । महिलाको अवस्था भने अज्ञात
रहेको चितवन प्रहरीले जनाएको छ ।

चितवनको भरतपुरस्थित कृष्णपुर बस्ने २० वर्षीय सुरेन्द्र सिंहले गएराति ९ बजेको
समयमा नारायणी पुलबाट नदीमा हाम फालेका थिए । हाम फालेर बाँच्न सफल भएका सिंह पुनः
पुलबाट हाम फाल्न लाग्दा पक्राउ गरिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

यस्तै नवलपरासी घर भएकी १९ वर्षीया सरिता गहतराज पनि गएराति करिब १२ बजेको समयमा
पुलबाट नारायणी नदीमा हाम फालेर बेपत्ता भएकी छन् । उनको अहिले खोजी भइरहेको
प्रहरीले जनाएको छ ।

उनीहरू दुवैजनाले पारिवारिक कारणले हाम फालेको हुनसक्ने अनुमान प्रहरीले गरे पनि
कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

अन्य समाचारहरु