दक्षिण कोरियामा नेपाल महोसत्व २०११ प्रदर्शनी सम्पन्न

– कर्ण जङ रायमाझी

सउल, दक्षिण कोरिया । दक्षिण कोरियामा जुलाई १० गते आइतबारको दिन नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजनामा नेपाल महोसत्व”२०११” विभिन्न कार्यक्रमका साथ प्रदर्शनी सम्पन्न गरेको छ।

नेपालको पहिचान गराउने उक्त प्रदर्शनीको कोरियाका लागि नेपाली राजदुत कमल प्रसाद कोइरालाको प्रमुख आथित्यमा कोरिया नेपाल एसोसियनका अध्यक्ष ली इन जङ, नेपालबाट प्रशिक्षणका लागि आउनुभएका राष्ट्रिय तेकान्दो खेलाडीहरु, कोरियामा क्रियासिल संघ सस्थाका प्रमुखहरु, बिधार्थी, पत्रकार, व्यवसायीहरुको लगायत बिदेशी तथा स्थानिय कोरियन दर्शकहरुको सहभागिता रहेको थियो।

यसका साथै नेपालको सस्कृति झल्काउने बास्तुकला, साहित्य, सस्कृतिहरुको पनि प्रदर्शनी गरिएको थियो। उक्त कार्यक्रम हेर्न आउनेहरुलाई(nepal festival 2011)लेखेको टिसर्ट, पोस्टर, पम्पिलेट, नेपाली खानाका परिकारहरु निशुल्क व्यवस्था गरिएको थियो।

कार्यक्रम सउलको हान नदीको किनारमा रहेको अति रमणीय यएदे पार्कमा आयोजना गरिएको थियो। जसमा नेपाली नृत्य, गीत, वाध्यबाधन गराएर दर्सकहरुलाई भरपूर्ण मनोरंजन प्रदान गरिएको थियो ।

कार्यक्रममा बिश्वसाइकिल यात्री सौरभ दाहालको पनि उपस्थिति थियो ।