रत्ननगर, चितवन – चितवनको मुग्लिन पुलबाट त्रिशूली नदीमा हामफालेर एक
महिला बेपत्ता भएकी छन् । मुग्लिनबाट पोखरा जाने पक्की पुलबाट छाता पुलमानै राखेर
उनी त्रिशूली नदीमा फाल हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मुग्लिन प्रहरीले
जनाएको छ ।
नदीमा डुबेर हराइरहेकी उनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहानैदेखि उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले
जनाएको छ । नदीमा फाल हानेकी उनको पहिचान भने खुलेको छैन । अनुसन्धानका लागि छाता
तनहुँ प्रहरीलाई पठाएको मुग्लिन प्रहरीले जनाएको छ ।
–रासस



